हुवावेको ‘ग्लोरी ६ प्लस’ स्मार्टफोन आउँदै

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

हुवावेको ‘ग्लोरी ६ प्लस’ स्मार्टफोन आउँदै
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । हुवावेको ग्लोरी ६ प्लस (Huawei Glory 6 Plus)को स्पेशिफीशेकन र ‘लन्च डेट’ ‘लीक’ भएको छ ।

हुवावे ग्लोरी पीइ टीएल १० चीनियाँ सर्टिफिकेशन अर्थोरिटी टेनामा  (TENAA) लिस्टीङ भएको छ जुन हुवावेको ग्लोरी ६ प्लस स्मार्टफोन हो । स्रोतका अनुसार ग्लोरी ६ प्लस आगामी डिसेम्बर १८ तारिखमा चीनमा सार्वजनिक हुने स्रोतहरुलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् ।

हुवावेको आउन लागेको नयाँ फोनको बजार मूल्य ३ हजार २ सय ९९ यूआन (५३७ अमेरिकी डलर) को हाराहारीमा हुने अनुमान गरिएको छ । यो फोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ भने १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ जसमा ३ जीबीको र्याम पनि छ । यो फोन फोर जी एलटीई सपोर्ट गर्ने किसिमको हुनेछ जुन कालो र सेतो रंगमा उपलब्ध हुनेछ ।

यो फोनमा दुईवटा रियर क्यामरा रहेको छ । हुवावेको ग्लोरी ६ प्लसमा ८ मेगापिक्सल सीमोस सेन्सरसहितको दुईवटा क्यामरा राखिएको छ जसमा एलईडी फ्ल्याश पनि छ । तर हुवावेको नयाँ फोनको फ्रन्ट क्यामरा भने भीजीए सेन्सर मात्र रहेको बताईएको छ ।

हुवावे ग्लोरी ६ प्लसमा एन्ड्रोयड किटक्याट ४.४ भर्सनको अपरेटिङ सिष्टम हुने अनुमान छ जसमा हुवावेको इमोशन यूजर्स इन्टरफेश राखिनेछ ।

यो फोनमा ३२ जीबीको इन्टरनल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डमार्फत ६४ जीबीसम्म पुर्याउन सकिन्छ । यो फोनको ब्याट्रीको बारेमा भने अझैपनि रहस्यमय नै रहेको छ ।

Sajilo Visa

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार