कार्बनको टाइटेनियम एस ६ र एस ८

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

कार्बनको टाइटेनियम एस ६ र एस ८

काठमाडौं ।

काठमाडौं, भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले टाइटेनियम सीरीजको दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टाइटेनियम एस६ (S6) तथा एस८ (S8) एकैसाथ सार्वजनिक गरेको हो ।

यो दुवै फोनमा १.३ गीगाहर्ज मीडिया टेक क्वाड कोर प्रोसेसर राखिएको छ । कार्बन टाइटेनियम एस६ एम्याजन डटकममा सूचीकृत छ जसको मूल्य ७ हजार ८ सय रुपैंया तोकिएको छ । यसमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । एस६ को स्क्रीन ६ इन्चको छ जसको रिजोल्यूशन ९६०X५४० पिक्सल छ ।karbonntitaniums61

यो फोनमा ८ मेगापिक्सलको फ्ल्याशसहितको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ । एस ६ स्मार्टफोनमा १ जीबीको र्याम छ भने इन्टरनल मेमोरी ८ जीबी राखिएको छ । यसका साथै यो फोनमा थ्रीजी, जीपीएस, वाइफाइ, ब्लूट्रथ पनि रहेको छ । यो फोनको ब्याट्री २००० एमएएचको छ ।

यसैगरी टाटेनियम एस८ मा पनि दुई सीम प्रयोग गर्न सकिन्छ । यसमा पनि १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडीको माध्यमबाट ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा ८ मेगापिक्सलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा भीजीए रिजोल्यूशन मात्र छ । यो फोनको स्क्रीन ५ इन्चको रहेको छ । यसमा १८०० एमएएच क्षमताको ब्याट्री रहेको छ । कम्पनीले एस ८ को बजार मूल्य ६ हजार १ सय ४७ भारतीय रुपैंया तोकिएको छ । 1125201472726PM_635_karbonn_titanium_s8

दूवै फोन एन्ड्रोयड किटक्याट अपरेिटङ सिष्टममा आधारीत रहेका छन्। यो फोन भारतमा सार्वजनिक गरिएको तथा नेपालमा कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । नेपालमा यो फोन एलाइड ट्रेड लिंक इन्टरनेशनलले आयात तथा बिक्री गर्दै आएको छ ।

Sajilo Visa

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार