समितीभेज हस्पीटल्स्को स्थानिय प्रतिनिधीमा स्पीडवे फ्रेट सर्भिस नियुक्त

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

समितीभेज हस्पीटल्स्को स्थानिय प्रतिनिधीमा स्पीडवे फ्रेट सर्भिस नियुक्त

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । दक्षिणपूर्वी एशियाको प्रशिद्ध अस्पतालमध्येको एक समितीभेज हस्पीटल्स्ले नेपालमा पनि सेवा विस्तार गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा रहेको अस्पतालले नेपालीहरुलाई सेवा दिनको लागि स्थानिय प्रतिनिधिको रुपमा स्पीडवे फ्रेट सर्भिस प्रालिलाई तोकेको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अस्पताल र स्पीडवे फ्रेट सर्भिसकाबिच सहमति पत्र आदान प्रदान भयो ।

स्थानीय प्रतिनिधिको रुपमा स्पीडवेले सेवा लिन चाहने आवश्यक व्यक्तिहरुलाई सहयोग गर्नुका साथै समितीभेज अस्पतालको बारेमा विस्तृत जानकारी दिने बताईएको छ । त्यसैगरी आवश्यकता अनुसार समितीभेजमा विशेषज्ञ डाक्टरहरुको अप्वाइन्टमेन्ट लिने, थाइल्याण्डको भिसा प्रकृया मिलाउने, समितीभेज अस्पतालमा ट्रान्सफर सेवालगायत काम गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।speed

स्पीडवेले नेपाली विरामीहरुको लागि समितीभेज अस्पताल, थाइल्याण्ड जानको लागि आवश्यक ट्राभल तथा टिकट सेवाका साथै एयरपोर्ट सेवापनि प्रदान गर्नेछ । “अब नेपाली विरामीहरुले पनि ख्यातिप्राप्त समितीभेज अस्पतालको सेवा सहजरुपमा लिन सक्नेछन् ।” स्पीडवेका प्रबन्ध निर्देशक श्रेष्ठले भने, “नेपाली बिरामीहरुले स्थानियस्तरमा नै आवश्यक सेवा र सल्लाह प्राप्त गर्नेहुँदा समय र पैसाको बचत हुने हाम्रो विश्वास छ ।”

समितीभेज अस्पतालको सेवा र जानकारी लिन चाहने नेपालीहरुको लागि ठमेलमा नेपाल प्रतिनिधि कार्यालय खोलिएको छ । उक्त कार्यालयबाट यस अस्पतालको सेवा र सुविधाको बारेमा सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार

ताजा समाचार