स्मार्टफोन र ट्याबलेट दुबै प्रयोग गर्न मिल्ने आसुसको ‘प्याडफोन मिनी’

Technology Khabar ९ मंसिर २०७१, मंगलवार

स्मार्टफोन र ट्याबलेट दुबै प्रयोग गर्न मिल्ने आसुसको ‘प्याडफोन मिनी’

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । जेनफोन सीरीजको सफलतापछि आसुसले भारतमा प्याडफोन मिनी (Padfone Mini) सार्वजनिक गरेको छ । यो ट्याबलेट र स्मार्टफोनको सशक्त संयोजन हो ।
यसको विशेषता भनेको यसको स्मार्टफोन एक ट्याबलेट ब्लकमा राखेपछि तुरुन्त एक ७ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । स्मार्टफोनको आइपी स्क्रीन ४ इन्चको छ जसको रिजोल्यूशन ८०० X ४८० पिक्सल छ ।

ट्याबलेटको स्क्रीनको रिजोल्यूशन भने १२८० X ८०० पिक्सल छ । यो फोनमा नै ट्याबलेटको हार्डवेयर छ भने ट्याबलेट प्रयोग गर्नुभन्दा पहिले स्मार्टफोनलाई त्यसमा बनाईएको स्थानमा फिट गर्नुपर्ने हुन्छ ।PADFONEMINI_630px

यो प्याडफोनको अपरेटिङ सिष्टम भने जेलीबीन (Jellybean) हो जुन अब पुरानो सिष्टम भईसकेको छ । यसको र्याम एक जीबीको छ भने यसमा ८ जीबीको स्टोरेज राखिएको छ जुन माइक्रो एसडीको माध्यमबाट ५४ जीबीसम्म बढाउन सकिन्छ ।

यसको स्मार्टफोन ड्यूअल सिमयुक्त छ भने यसले थ्रीजी सपोर्ट गर्दछ । यसमा वाइफाइ, जीपीएस, ब्लूटूथ ४.० पनि रहेको छ । यसको तौल ११६ ग्राम छ भने प्याडका साथमा यसको तौल २६० ग्राम हुन्छ ।asus-padfone-mini-ces

यसमा दुईवटा क्यामरा छ, जसमा ८ मेगापिक्सलको रियर क्यामरा तथा १.९ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । स्मार्टफोनको ब्याट्री १२०० एमएएचको छ भने प्याडको ब्याट्री २१०० एमएएचको छ ।

आसुसको यो प्याडफोन मिनी फ्लिपकार्ट डटकममा १५ हजार ९ सय ९९ भारतीय रुपैंयामा उपलब्ध रहेको छ ।

Sajilo Visa

प्रकाशित: ९ मंसिर २०७१, मंगलवार

तपाइको प्रतिक्रिया