अब ३० सेकेण्डमा नै मोबाइल चार्ज गर्न सकिने

Technology Khabar ९ मंसिर २०७१, मंगलवार

अब ३० सेकेण्डमा नै मोबाइल चार्ज गर्न सकिने
स्टोरडटको मुख्यालय तेल अभिभमा प्रयोगशालाका एक कामदार ३० मिनेट भित्र ब्याट्री चार्ज भएको टाइमर सहितको मोबाइलबाट चार्जर हटाउँदै । तस्विरः एजेन्सी

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । अब मोबाइल चार्ज गर्न समय लाग्यो भनेर चिन्ता गर्ने समस्याको समाधान हुने भएको छ । अनुसन्धानकर्ताहरुले द्रूत गतिमा विकास हुँदै गरेको स्मार्टफोन प्रविधिको विविध आयामहरुको अनुसन्धान गर्ने क्रममा मोबाइल चार्ज छिटो समयमा गर्ने प्रविधिको विकास गरेका छन् ।

इजरायलको एक कम्पनीले मोबाइल फोन केहि सेकेण्डमा नै चार्ज गर्ने टेक्नोलोजीको विकास गरेको दाबी गरेको छ । यो टेक्नोलोजीद्धारा कारको ब्याट्री पनि एक मिनेटमा नै चार्ज हुनेछ । यो प्रविधिबाट उपभोक्ता उद्योगमा निकै सहयोगी हुने अनुमान गरिएको छ ।

यसका लागि नानो-टेक्नोलोजीको प्रयोग गरेर कृत्रिम अणुलाई संश्लेषित गरिन्छ । तेल अभीभको कम्पनी स्टोरडट (StoreDot) ले भनेको छ की उसले एक यस्तो ब्याट्री निर्माण गरेको छ जुन कयौं ज्यादा चार्ज स्टोर गर्न सक्दछ । यो एक ठूलो स्पन्जको जस्तो हुन्छ जसले निकै शक्तिशाली उर्जालाई आफूमा अधिग्रहण गर्दछ र आफ्नो भित्र राख्न सक्दछ ।

अहिलेको लागि यो प्रविधिबाट बनाईएको ब्याट्रीको आकार मोबाइल फोनको लागि निकै ठूलो छ । यसलाई मोबाइल फोनमा राख्न सकिँदैन तर कम्पनीले यसमा पनि अनुसन्धान गरिरहेको छ । कम्पनीले सन् २०१६ सम्म यस्तो ब्याट्री बनाएर बजारमा ल्याउनेछ जुन मोबाइल फोनलगायतका साना साना उपकरणहरुमा उपयोग गर्न सकियोस् र यो ३० सेकेण्डमा नै चार्ज होस् ।

स्टोरडटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डोरोन मियर्सडफले यो नयाँ पदार्थ भएको र जसलाई पहिले कहिले पनि विकसित नगरिएको बताए । स्टोरडटको लगानीकर्ताहरुमध्ये रसियाका खर्बपति तथा चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच  पनि हुन् ।

यो आविश्कार ‘नानोडट्स’ को सिर्जनामा आधारित रहेको छ जसलाई स्टोरडटले बायो अर्गानिक पेप्टाईड मोल्यूकल्स अर्थात जैविक पेप्टाइड अणुको रुपमा बर्णन गरेको छ ।
कम्पनीले दुई चरणको धन संकलन अभियानबाट ४८ मिलियन अमेरिकी डलर उठाएको छ, जसमध्ये प्रतिष्ठित मोबाइल फोन निर्माताहरुपनि छन् । एजेन्सी ।

easy care

प्रकाशित: ९ मंसिर २०७१, मंगलवार