जिओमीको फोरजी सपोर्ट गर्ने ट्याब आउँदै

Technology Khabar ९ मंसिर २०७१, मंगलवार

जिओमीको फोरजी सपोर्ट गर्ने ट्याब आउँदै

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले नयाँ ट्याबलेट ल्याउने तयारी गरेको छ । कम्पनीले यसअघि ल्याएको एमआई प्याड (७.९ Mi Pad 7.9) को प्रतिरुपमा नयाँ ट्याबलेट ल्याउने विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

चीनियाँ एप्पल पनि भनिने जिओमीको नयाँ ट्याबको बारेमा गत अक्टोबरको अन्त्यतिर बेन्चमार्कमा लिस्टिङ हुँदा जानकारी आएको थियो ।

हाल कम्पनीको नयाँ ट्याबले चीनको उद्योग तथा संचार प्रविधि मन्त्रालय (MII) को सर्टिफिकेट पास गरेको बताईएको छ । यो प्रोसेसमा रहँदा पत्ता लागेको जानकारी अनुसार जिओमीको नयाँ ट्याबले फोरजी एलटीइ (4G LTE) नेटवर्क सपोर्ट गर्दछ ।

यसमा भएको फोरजी एलटीइ चीनियाँ मोबाइलको एलटीई अर्थात टिडी एलटीइ (TD-LTE) मात्र नभई एलटीई एफडीडी (LTE-FDD) पनि सपोर्ट गर्दछ । एलटीई एफडीडी विश्वभर जहाँपनि प्रयोग गर्नसकिन्छ । यसको आधारमा हेर्दा जिओमीको नयाँ ट्याबलेटले भ्वाइस कल (Voice Call) सपोर्ट गर्न सक्नेछ । नयाँ ट्याबमा ९.२ इन्चको टचस्क्रीन हुने अनुमान गरिएको छ ।

चीनमा चलेको हल्ला अनुसार नयाँ डिभाइस चीनियाँ यूआन ५९९ अर्थात ९७ अमेरिकी डलर भन्दा महंगो हुने छैन् । तर यो फोन रिटेलमा चीनियाँ यूआन ४९९ अर्थात ८१ डलरको हाराहारीमा हालको मुल्यमा उपलब्ध हुनसक्दछ । यो फोनको बारेमा अन्य जानकारीहरु भने ‘लिक’ (सूचना चुहावट) भएको छैन् ।

यो ट्याब ९.२ इन्चको हुने र यसमा १२८० X ७२० पिक्सलको डिस्प्ले हुने, १ जीबीको र्याम, ८ जीबीको मेमोरी स्टोरेज हुने यसअघि नै थाहा भइसकेको हो । त्यसैगरी यो ट्याबलेटमा १.२ गीगाहर्ज क्वाडकोर सिपीयूसहित क्वालकम स्न्यापड्रागन ४१० एसओसी प्रोसेसर हुने अनुमान छ ।

easy care

प्रकाशित: ९ मंसिर २०७१, मंगलवार