अल्काटेल वानटच मोबाइल बजारमा, ४ वटा स्मार्टफोन र १ वटा बारफोन भित्रीए

Technology Khabar ८ मंसिर २०७१, सोमबार

अल्काटेल वानटच मोबाइल बजारमा, ४ वटा स्मार्टफोन र १ वटा बारफोन भित्रीए

काठमाडौं ।

काठमाडौं, ८ मंसिर । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स (एनजिइ सोलुसन्स) प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ। दूई सयवटा भन्दा बढि देशमा कारोबार भइरहेको अल्काटेल वानटच मोबाइल एनजिइसोलुसन्सले पहिलो चरणमा ५ वटा मोडलहरु ल्याएको कम्पनीले जानकारी दिएकोछ ।

नेपालमा भित्राइएकामोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप सि सेभेन रहेका छन् ।

नेपाली बजारमा बारफोन सिरिजको अल्काटेल १०४१ डीको मुल्य रु १ हजार ९सय ९०,स्मार्टफोन अल्काटेल पप डि वानको रु ७ हजार ७ सय ७७, पप डि थ्रिकोमुल्य रु ९ हजार १ सय ८०, पप डि फाइभको मुल्य रु १२ हजार ६ सय ९ र पप सिसेभेनको मुल्य १६ हजार ८ सय ४० रुपैयाँ एमआरपी रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यी स्मार्टफोन किन्दा उपभोक्तालाई कम्पनीले फ्लीप कभर र ब्याक प्यानल फ्रि दिने भएको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको अल्काटेल पप सि सेभेनमा क्वाडकोर प्रोसेसर,१ जीबी र्याम, ४ जीबी इन्टरनल मेमोरी, ५ इन्चको स्क्रिन, वाइफाई, ब्लुटूथ, थ्रिजी सपोर्ट, २००० एमएएचको ब्याट्री, गेस्ट मुड, नक-नक सिस्टमबाट स्क्रिन खुल्ने लगायतका सुबिधा रहेको बताएको छ । Alcatel-One-Touch-POP-C7

उपत्यकालगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको एनजिइसोलुसन प्रालिका नेशनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।

युरोपको प्रतिष्ठित ब्राण्ड अल्काटेल वानटच सुहाउँदो मुल्यसहित नेपाली बजारमाप्रबेश गरेकोले स्मार्टफोन प्रयोगकर्ताहरु यसबाट लाबान्भित हुने एनजिई सोलुसन्सका प्रबन्ध निर्देशक शरद भट्टराईको बिश्वास रहेको छ ।

यो आर्थिक बर्षमा उपभोक्ताको मन जित्ने लक्ष्यका साथ अगाडी बढेको बताउँदै कम्पनीका प्रबन्ध निर्देशक भट्टराइले बिक्रीपछिको सुबिधालाई ध्यान दिँदै कम्पनीले आफ्नो सर्भिस सेन्टर न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिलट्रेड सेन्टरमा राखेको जानकारी दिए ।ALCATEL-Onetouch-1041-D

एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा चल्ने यो स्मार्टफोनले युरोपियन देशमा आफ्नो प्रभुत्व जमाइसकेको छ भने बिश्व स्मार्टफोन बजारमा अग्रणी स्थान ओगट्न सफल भईसकेकोकम्पनीको दाबी छ ।

अल्काटेल वानटचका अन्य मोडलका स्मार्टफोन ल्याउने तयारी गरेको कम्पनीले केहि दिन भित्रै भब्य लञ्च गर्ने योजना बनाएको छ । नेपालका काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायणघाट, हेटौंडा, बिरगंज, जनकपुर, बिराटनगर, धरानलगायतका मुख्य शहरहरुमा डिलर तथा सर्भिस हबहरु खोलिसकेको जनाएको छ। लामो समयको अध्ययनपछि बजारमा ल्याइएको यो स्मार्टफोनले नेपाली बजारमा छिट्टै पहिचान बनाउँदै स्मार्टफोन पारखीको मन जित्न सफल हुने कम्पनीले बिश्वास लिएको छ ।

easy care

प्रकाशित: ८ मंसिर २०७१, सोमबार