मोबाइल खोज्न सहयोग गर्ने मोटोरोलाको ‘कीलिंक’

Technology Khabar ७ मंसिर २०७१, आईतवार

मोबाइल खोज्न सहयोग गर्ने मोटोरोलाको ‘कीलिंक’

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । यदि तपाईले आफ्नो मोबाइल फोन कतै राखेर विर्सनु भएको छ वा कसैले तपाईँको फोन लुकाएर दुख दिइरहेको छ । अथवा कतै रेष्टुरेन्टमा जाँदा छोड्नु त भएन ? बेला बेलामा फोन बिर्सने र खोज्नुपर्ने झन्झटबाट मुक्त गर्न तपाईसँग नयाँ साधन आएको छ जसले तुरुन्त तपाईँको फोन खोज्नेछ ।

मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) सार्वजनिक गरेको छ । जसले मोबाइल खोज्न तपाईँलाई मद्धत गर्दछ । त्यसका साथै यदि तपाईँको साँचो हराएको छ तर मोबाइल साथमा छ भने पनि मोबाइलले यो साँचोको गुच्छा (की चेन) लाई पत्ता लगाउने छ ।

मोटोरोलाले कीलिंक (Keylink) नामको यो ग्याजेटको बारेमा गत बुधवार घोषणा गरेको हो । यो की लिंकलाई तपाईँले आफ्नो स्मार्टफोनका साथ कनेक्ट (पेयर) गर्न सक्नुहुनेछ । यसपछि  जहिले तपाईँले आफ्नो मोबाइल कतै राखेर बिर्सनु भएको छ भने यो साँचोको गुच्छाको मद्धतले त्यसलाई खोज्न सक्नुहुनेछ । यदि तपाईँले साँचोको गुच्छा नै बिर्सनु भयो भने पनि केहि छैन तपाईँले स्मार्टफोनद्धारा त्यसलाई खोज्नसक्नु हुनेछ ।650_motorola_keylink_2

यो की लिंकको बजार मूल्य २४.९९ अमेरिकी डलर अर्थात करिब २४ सय नेपाली रुपैंया तोकिएको छ । यो साँचो मोटोरोलाको आधिकारीक साइट मोटोरोला डटकममा खरिद गर्न सकिनेछ । गत बुधवारदेखि नै कम्पनीले यसलाई बेवसाइटमा उपलब्ध गराइसकेको छ । कम्पनीकाअनुसार यो साँचोको गुच्छाको ब्याट्रीले एक वर्षसम्म काम गर्दछ, जुन आवश्यक परेमा सजिलैसँग साधारण क्वाइन सेल ब्याट्रीद्धारा परिवर्तन गर्न सकिन्छ ।

विशेषतः यो की लिंक एक सानो ब्लूटूथ डिभाइस हो जसलाई एन्ड्रोयड ४.२ भर्सन वा त्यसपछिको अपरेटिङ सिष्टम तथा आईओएस ७.१ वा त्यसभन्दा पछिको भर्सनमा प्रयोग गर्न सकिन्छ ।

यो साँचोको गुच्छा प्रयोग गर्नको लागि तपाईँलाई गूगल प्ले स्टोर अथवा एप्पल स्टोरबाट मोटोरोला कनेक्ट एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोटोरोलाको की चेनले एक सय फीटको दूरीमा आसपास भएको मोबाइललाई खोज्न सक्दछ ।

easy care

प्रकाशित: ७ मंसिर २०७१, आईतवार

ताजा समाचार