जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

Technology Khabar ७ मंसिर २०७१, आईतवार

जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले भारतमा नयाँ स्मार्टफोन रेडमी नोट (Redmi Note) सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा २४ नोभेम्बर सोमबार अर्थात भोली ५.५ इन्चको ‘रेडमी नोट’ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो।

चीनियाँ एप्पल नामले समेत चिनिने कम्पनीले भारतीय उपभोक्ताका लागि जुलाईमा रेडमी वान एस तथा एमआई-थ्रीको साथमा रेडमी नोट पनि सार्वजनिक गरेको थियो । ५.५ इन्चको रेडमी नोटलाई जिओमीले फ्याबलेट क्याटोगरीमा सार्वजनिक गर्दैछ । यसको मूल्य भारतमा नौ हजार नौसय ९९ भारु तोकिएको छ।redmi_note_hands_on_news_pic

रेडमी नोटमा दुईवटा सिमकार्ड राख्न सकिन्छ । यस्तै रेडमी नोट १.७गीगाहर्ज अक्टा कोर प्रोसेसरयुक्त फोन हो । यो मोवाइलमा दुई जीबीको र्‍याम राखिएको छ भने आठ जीबी इन्टरनल मेमोरी प्रयोग गरिएको छ जसलाई ३२ जिबीसम्म बढाउन माइक्रो एसडी कार्ड सपोर्टको सुविधा पनि दिइएको जिओमीले जनाएको छ।

रेडमी नोटमा १३ मेगापिक्सलको रियर क्यामेरा र पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ। ५.५ इन्चको एचडी डिस्प्ले भएको मोवाइलको रिजोल्युसन ७२०X१२८० रहेको छ।

जिओमीको यो मोवाइल ४.२ एन्ड्रोयड जेली विन अपरेटीङ सिष्टममा आधारित छ। यसको ब्याट्री ३१०० एमएएच क्षमताको छ भने जीपीआरएस, एज, जीपीएस, वाइफाइ तथा ब्लुटूथ कनेक्टिभिटीको सुविधा रहेको छ।

कम्पनीले यसअघि भारतमा जिओमी रेडमी वान एस (Redmi 1S) स्मार्टफोन सार्वजनिक गरेको थियो। यो मोवाइलको मूल्य हाल पाँचहजार सय ९९ पुर्याइएको छ।

easy care

प्रकाशित: ७ मंसिर २०७१, आईतवार