गोरिल्ला ग्लास-४ सार्वजनिक, स्मार्टफोन स्क्रीन थप दुई गुणा शक्तिशाली

Technology Khabar ७ मंसिर २०७१, आईतवार

गोरिल्ला ग्लास-४ सार्वजनिक, स्मार्टफोन स्क्रीन थप दुई गुणा शक्तिशाली
Classic Tech
Nepal Telecom

काठमाडौं, ७ मंसिर । स्मार्टफोन ग्लास स्क्रीनको टप निर्माता कम्पनी कार्निग इनकर्पोरेटेडले निकै दह्रो ग्लास कवरको नयाँ रेन्ज गोरिल्ला ग्लास-४ (Gorilla Glas-4) सार्वजनिक गरेको छ । कम्पनीले यो ग्लास स्क्रीन पछिल्लो एडिशन भन्दा दुई गुणा शक्तिशाली भएको दाबी गरेको छ ।

‘नयाँ ग्लास स्क्रीनको निर्माण तिखो चुच्चो वस्तुबाट हुने हानी नोक्सानीबाट बचाउन तयार पारेका हौं । फोन हातबाट छुटेर फुट्नु आम समस्या हो र हाम्रा ग्राहकहरु हामीसँग यसको समाधानको माग गरिरहेका थिए ।’ कम्पनीले एक प्रेस वक्तव्य जारी गर्दै भनेको छ ।

कम्पनीका अनुसार परीक्षणको अवधिमा गोरिल्ला ग्लास ४ लाई एक मीटरको उचाइबाट झार्दापनि १०० पटकमा ८० पटक यसले स्मार्टफोनलाई सुरक्षा गर्दछ । जबकी सोडा लाइम ग्लास लगभग हरेक पटक फुट्दछ ।

निश्चित रुपमा आफ्नो यो नयाँ उत्पादनको माध्यमबाट कार्निगले स्मार्टफोन स्क्रीनको बजारमा आफ्ना दबदबा कायमै राख्नेछ । यो समय एप्पल आईफोन, सामसुंग ग्लालेक्सी सीरीजको फोन, सोनी एक्सपीरिया जस्ता लगभग विश्वभरका प्रमुख स्मार्टफोन्समा गोरिल्ला ग्लासको नै प्रयोग हुने गरेको छ ।corning-gorilla-glass-31

TK Viber

प्रकाशित: ७ मंसिर २०७१, आईतवार

Comments are closed.

Loading...