नोकिया लूमिया ७३० द्धारा विश्व रेकर्ड राख्ने सेल्फी खिचियो

Technology Khabar ७ मंसिर २०७१, आईतवार

नोकिया लूमिया ७३० द्धारा विश्व रेकर्ड राख्ने सेल्फी खिचियो

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । नोकिया लूमिया ७३० ड्यूल सिमको आधारिक ट्यागलाइन नै मेड फर सेल्फीज् रहेको छ । कम्पनीले नोकिया लूमिया ७३० (Nokia Lumia 730) को माध्यमबाट कम्तिमा १ हजार १ सय ५१ जनासहितको सेल्फी खिचेको छ । माइक्रोसफ्टले कोकाकोलासँगको सहकार्यमा यो मध्यम वर्गको विण्डोज फोनको एक सेल्फीका लागी विश्व रेकर्ड कायम गर्न आव्हान गरेको थियो ।

कम्पनीले लूमिया ७३० को ५ मेगापिक्सल क्यामराद्धारा उक्त विश्व रेकर्ड सेल्फी खिचेको हो । उक्त फोटो हिजो शनिवार बंगलादेशमा खिचिएको हो, जसमा सहभागिहरुले दर्ता गर्नु आवश्यक गरिएको थियो । यो फोनमा ५ मेगापिक्सलको वाइड एङ्गल फ्रन्ट क्यामरा रहेकोछ ।

यस अघि गिनिस वर्ल्ड रेकर्डसका अनुसार गएका विश्व रेकर्ड राख्ने सेल्फीहरु (ओस्कार सेल्फी र दि विगेस्ट सेल्फी चेन) हरुमा २७९ जना व्यक्तिहरु सहभागि भएर सेल्फी लिएका थिए ।

माइक्रोसफ्टले गिनिस वर्ल्ड रेकर्डसबाट रेकर्डको आधिकारीकता पाउन कुरिरहेको बताईएको छ । फोन निर्माता कम्पनी लाभाले पनि सेल्फी चेन रेकर्ड कायम गर्नको लागि आइरिस एक्स ५ (Iris X5) द्धारा करिब १ हजार जना व्यक्तिको सेल्फी खिचेको बताएको छ । यो रेकर्ड भने शुनिश्चित हुन अझै सकेको छैन् । जिएसएम एरेना ।

easy care

प्रकाशित: ७ मंसिर २०७१, आईतवार

ताजा समाचार