जिओमी १० वर्षभित्र विश्वको नम्बर एक स्मार्टफोन कम्पनी बन्ने

Technology Khabar ५ मंसिर २०७१, शुक्रबार

जिओमी १० वर्षभित्र विश्वको नम्बर एक स्मार्टफोन कम्पनी बन्ने
Classic Tech

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याआमी पनि भनिने) ले आगामी १० वर्षभित्र विश्व बजारमा बिक्रीको आधारमा नम्बर एक हुने घोषणा गरेकोछ । सन् २०१० अप्रिलमा स्थापना भएको जिओमीले सन् २०११ अगस्तमा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । करिब ३ वर्षभित्र नै कम्पनीले बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूला स्मार्टफोन निर्मातामध्ये तेस्रो नम्बरमा पर्न सफल भयो । यो अवधिमा कम्पनीले एशियाली बजारमा मात्रै स्मार्टफोन बिक्री गरेर यो सफलता हात पार्नु निकै उल्लेखनिय छ ।Xiaomi phone

यहि आधारमा जिओमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ली जुनले आगामी दिनमा निकै अगाडि बढेर पाँचदेखि १० वर्षभित्रमा बिक्रीको आधारमा नम्बर एक कम्पनी बन्ने विश्वास व्यक्त गरेका छन् ।

विगत केहि वर्षहरुमा मोबाइल विश्व निकै द्रूत गतिमा अगाडि बढिरहेको छ र यस्तो बेलामा केहि पनि हुनसक्दछ । त्यसैले जिओमीका सिइओले भनेका धारणाहरु अहिलेको सन्दर्भमा निकै गंभिर छन् जसले आगमी दिनमा त्यो संभव हुने देखाउँछ ।

लि जुनले चीनमा आयोजना भएको कन्फ्रेन्समा आफ्नो कम्पनीको महत्वाकांक्षा घोषणा गरे साथै उनले कम्पनीसँग यसअघि नै ७० मिलियन सक्रिय प्रयोगकर्ता भएको घोषणा पनि गरे । कम्पनीले यो संख्यालाई आगामी वर्षमा  दुई सय मिलियनसम्म पुर्याउने जनाएको छ । जसको लागि कम्पनीले सन् २०१५ भित्र एक सय मिलियन भन्दा बढि स्मार्टफोनहरु बिक्री गर्नुपर्नेछ ।

यदि कम्पनीले विश्वभर आफ्नो बिक्री वितरण विस्तार गरेमा यसले उल्लेख मात्रामा बिक्री बढाउने निश्चित छ ।

प्रकाशित: ५ मंसिर २०७१, शुक्रबार

Comments are closed.

Loading...