हुवावेको अनर थ्री सी युरोपेली बजारमा उपलब्ध हुने

Technology Khabar ५ मंसिर २०७१, शुक्रबार

हुवावेको अनर थ्री सी युरोपेली बजारमा उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको बजेट मैत्री स्मार्टफोन अनर थ्री सी (Honor 3C) यूरोपको बजारमा प्रि अर्डरको लागि उपलबध भएको छ । ड्यूअल सीम भएको अनर थ्री सी युरोपेली बजारमा १०९.९९ पाउण्ड अर्थात करिब १७० अमेरिकी डलरमा खरिद गर्न सकिन्छ । उक्त हेडसेट नोभेम्बर २४ तारिखदेखि कम्पनीले प्रि अर्डर गरेका उपभोक्ताको हातमा पुर्याउने बताईएको छ ।

 युरोपमा उपलब्ध हुने अनर थ्री सीमा ५ इन्चको ७२० पिक्सलको डिस्प्ले रहेको छ । यसमा हिसिलिकन किरीन ९१० (HiSilicon Kirin 910) चीपसेट रहेको छ भने एन्ड्रोयडको ४.२ किटक्याट अपरेटिङ सिष्टममा आधारीत रहेको छ । यो फोनमा ८ मेगापिक्सलको रियर क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । अनर थ्री सीमा २३०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।Huawei-Honor-3C-02

अनर थ्रीसीमा १.३ गीगाहर्ज मिडियाटेक एमटिके६५८२ क्वाड कोर प्रोसेसर रहेको छ । यसमा २ जीबीको र्यामका साथै ८ जीबीको मेमोरी राखिएको छ ।

अनर थ्री सीको मुल्यको आधारमा हेर्दा यो फोनले मोटो जीलगायतका रेन्जका फोनहरुसँग युरोपको बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यो फोन अन्य मुलुकहरुमा भने निकै समय अघिदेखि उपलब्ध छ ।

नेपालमा अनर थ्रीसीसहित हुवावेका स्मार्टफोनहरु कल मोबिलिटी प्रालिले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपालमा यो फोन २३ हजार ९सय ९९ सय रुपैंयामा बिक्री गरिरहेको छ ।

Sajilo Visa

प्रकाशित: ५ मंसिर २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया