शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

Technology Khabar ४ मंसिर २०७१, बिहीबार

शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोन लन्च गरेको हो ।

यो फोनमा ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने ५.५ इन्चको डिस्प्ले रहेको छ । यो फोनमा क्वाडकोर १.३ गीगाहर्ज कपल्ड कोर्टेक्स ए७ प्रोसेसर रहेको छ । सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनले बजारमा जियोनी एम २ जियोनी म्याराथनलगायतका कयौं अधिक ब्याट्री क्षमता भएका स्मार्टफोनहरुलाई प्रतिस्पर्धा दिनेछ ।Celkon-Millennia-Epic-Q550

सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनमा १ जीबीको र्याम छ भने १६ जीबीको आन्तरिक मेमोरी राखिएको छ, जुन माइक्रो एसडी कार्डको माध्यमले ६४ जीबीसम्म बढाउन सकिन्छ । सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनमा ८ मेगापिक्सलको अटोफोकश रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।

यसमा  यूएसबी अन दि गो सपोर्ट गर्दछ । त्यसैगरी कनेक्टीभिटीको लागि थ्रीजी ड्यूल सिम, वाइफाइ, ब्लूटूथ ४.० भर्सन, एफएम, जीपिएस लगायतका सुविधा छन् । यो फोन भारतीय बजारमा १० हजार ४ सय ९९ रुपैंया तोकिएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक वाई गुरुले सेलकनले हरेक पटक नयाँ मोबाइल ल्याउँदा परिस्कृत सुविधासहित ल्याउने गरेको बताए । एजेन्सी ।

विशेषताहरु:
डाइमेन्शनः  १५२X७६X७.९
तौल:  १४३.८ ग्राम
डिस्प्लेः  ५.५ इन्च आइपीएस एलसीडी टच स्क्रीन, १२८०X७२० पिक्सल रिजोल्यूशन, पिक्सल डेन्सीटी २६७ पीपीआई
प्रोसेसरः  १.३ गीगाहर्ज क्वाड कोर मिडियाटेक एमटी ६५८२
अपरेटिङ सिष्टमः  एन्ड्रोयड किटक्याट ४.४.२ भर्सन
क्यामराः  ८ मेगापिक्सल अटोफोकश रियर क्यामरा एलइडीका साथमा, २ मेगापिक्सल फ्रन्ट
र्याम:   १ जीबी डिडिआर थ्री
मेमोरी:   १६ जीबी, ६४ जीबीसम्म बढाउन मिल्ने
ब्याट्री   ३५०० एमएएच
अन्यः   प्रोक्सीमिटर सेन्सर, एक्सेलोमिटर

प्रकाशित: ४ मंसिर २०७१, बिहीबार

Comments are closed.

Loading...