Technology Khabar २ मंसिर २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २ मंसिर । सामसुंगका हेड अफ इन्भेष्टर रिलेशन्स रोबर्ट यीले कम्पनीले आफ्ना उत्पादनहरुको मोडल संख्यामा कटौती गर्ने खुलासा गरेका छन् । प्रमुख यीले हालै न्यूयोर्कमा भएको एक प्रस्तुतीको समयमा कम्पनीले सन् २०१५ मा २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म स्मार्टफोनहरुको मोडल संख्यामा कटौती गर्ने बताएको मोबाइल सम्बन्धि जानकारी दिने साइट जीएसएमएरिना डटकमले जनाएको छ ।
यो कदमले सामसुंगलाई गिर्दो नाफाको विरुद्ध लडाईमा सहयोग हुने अनुमान छ जुन गत अन्तिम आर्थिक चौमासिकमा उल्लेख (रेकर्डेड) मात्रामा पुगेको थियो ।
निश्चयनै, सामसुंगका लगानीकर्ताहरु पछिल्ला विकासक्रमहरुबाट बेखुशी रहेका छन् र उनिहरु कम्पनीलाई पुन वृद्धिको बाटोमा लाने परिवर्तनहरु चाहिरहेका छन् । त्यसैको परिमाण सन् २०१५ मा कम्पनी दोहोरो अंकको मार्जिन प्रतिशत हासिल गर्ने बाटोमा लागेको छ । सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनीले १० चौमासीकहरुमा १५ प्रशितको संचालन मुनाफा मार्जिन कायम गरेको थियो, तर सन् २०१४ को तेस्रो चौमासीकमा त्यो घटेर ७ प्रतिशतमा पुग्यो ।
सन २०१५ मा कुन फोनको मोडल बन्द गरिने हो कुनै जानकारी नभएको उक्त साइटले जनाएको छ । सुत्रका अनुसार सामसुंगले गिर्दो इन्ट्रि लेभल र मिड लेभलको फोन रेन्जमा आफ्नो ध्यान केन्द्रित गरेको साइटले जानकारी दिएको छ । कारगर प्रकृयाको लागि सामसुंगले विभिन्न मोडलहरुका घटकहरुको संख्यामा वृद्धि गर्ने अनुमान गरिएको छ ।
रोबर्ट यीले चीनियाँ बजारमा निकै कठिनता पूर्वक ध्यान केन्द्रित गर्ने जानकारी पनि बाँडे, जहाँ चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले सामसुंगको बजार हिस्सा कब्जा गर्दै लगेको छ ।
कम्पनीले आगामी दिनमा आफ्ना योजनाहरुलाई कसरी कार्यान्वयन गर्दछ जसले इच्छाएको मार्गमा राम्रो नाफा तथा चीनमा पहिलो नम्बर हुने गरि अगाडि बढ्छ त्यो भने हेर्न नै बाँकी छ ।
प्रकाशित: २ मंसिर २०७१, मंगलवार