Technology Khabar २ मंसिर २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २ मंसिर । कुनै बेलाको निकै सफल मोबाइल कम्पनी नोकियाको ब्राण्डमा अब कुनै पनि मोबाइल फोन नआउने समाचार त तपाईँले पढ्नु वा सुन्नु भएकै होला । माइक्रोसफ्टले नोकियाको मोबाइल खरिद गरेपछि नोकियाले केहि दिन पहिले आफ्नो ब्राण्डमा अन्तिम फोन सार्वजनिक गरेको थियो ।
नोकियाले स्मार्टफोन बनाउन समाप्त गरेपनि नयाँ ट्याबलेट बजारमा ल्याएको छ । नोकियाले हालै एन वन (N1) एन्ड्रोयड ट्याबलेटको स्पेशिफिकेशन र मूल्य घोषणा गरेको छ । कम्पनीले ल्याएको नोकिया एन वन ट्याबलेट एन्ड्रोयडको ललिपप ५.० भर्सन (Lollipop V5.0) मा आधारित छ जसले कम्पनीको उपस्थितीलाई राम्रो दर्शाएको छ । यो माइक्रोसफ्टद्धारा अधिग्रहणपछि नोकियाले बनाएको पहिलो डिभाइस तथा एन्ड्रोयड ट्याबलेट हो ।
नोकिया एन वन ट्याबलेट छिमेकी मुलुक चीनमा सन् २०१५ को पहिलो चौमासीक भित्र लन्च हुने अनुमान छ भने त्यसपछि मात्रै अन्य मुलुकहरुमा लन्च हुनेछ । चीनमा नोकियाको एन वन ट्याबलेटको मुल्य २ सय ४९ डलर तोकिएको छ ।
यसमा ७.९ इन्चको पूरा लेमिनेटेड जिरो ग्याप आइपीएस एलसीडी लेड ब्याकलिट डिस्प्ले रहेको छ । जसलाई गोरिल्ला ग्लास थ्रीद्धारा प्रोटेक्ट गरिएको छ । यसमा ६४ बिटको इन्टेल एटोम जेड ३५८० प्रोसेसर (Intel Atom Z3580) राखिएको छ ।
यो ट्याबलेटमा ८ मेगापिक्सलको रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सलको फ्रन्ट फिक्स्ड क्यामरा रहेको छ । अधिकांस ट्याबलेटहरुमा गुणस्तरीय क्यामरा कमै रहेका हुन्छन् तर यो मामलामा नोकिया अगाडि देखिएको छ ।
नोकियाको एन वन ट्याबलेट निकै पातलो रहेको छ जसको मोटाइ ६.९ मिलिमीटर रहेको छ । यो फोनमा ५३०० एमएएचको ब्याट्री रहेको छ जसले एक दिनभरी ट्याबलेट चार्ज गर्ने झन्झटबाट मुक्त गर्दछ । नोकियाको नयाँ ट्याबलेटमा कनेक्टीभिटीको लागि ड्यूअल च्यानसहितको (2.4GHz & 5GHz) वाइफाइ (IEEE 802.11a/b/g/n/ac with MIMO) र ब्लूटूथ ४.० भर्सन छ भने यूएसबी २.० भर्सन छ ।
नोकियाले एन वन ट्याबलेटमा आफ्नो सिप (कालिगढी) देखाएको छ । यसमा यूनिबडी अल्मूनियम एनोडाइज्ड बोडि रहेको छ भने यसमा निकै गुणस्तरको ध्वनीका लागि दूईवटा ०.५ डब्लू वल्फसन (0.5 W Wolfson WM8958E) स्टेरियो स्पीकरहरु छन् । एजेन्सीको साथमा
नोकिया एन वन ट्याबलेटको बिवरणहरु
कलरः नेचुरल अल्मूनियम अथवा लाभा ग्रे करमा उपलब्ध
डाइमेन्शन: २००.७X१३८.६ ह् ६.९
तौल: ३१८ ग्राम
डिस्प्ले: ७.९ इन्चको आइपीएस टच स्क्रीन (लेड ब्याकलाइट) रिजोल्यूशन २०४८X१५३६ पिक्सल, एस्पेक्ट रेशियो ४ः३
प्रोसेसर: २.३ गीगाहर्ज क्वाड कोर इन्टेल ६४ बिट एटोम प्रोसेसर जेड ३५८० प्रोसेसर
अपरेटिङ सिष्टम: ललिपप ५.०
क्यामरा: ८ मेगापिक्सल फ्ल्याशसहित अटोफोकश, ५ मेगापिक्सल फ्रन्ट क्यामरा
र्याम: २ जीबी
मेमोरी: ३२ जीबी, थप्न नमिल्ने
ब्याट्री: ५३०० एमएएच लि पोलिमर
अन्य: सीक्स एक्सिस गाइरोस्कोप, एक्सिलोमिटर
प्रकाशित: २ मंसिर २०७१, मंगलवार