कोका–कोला संसारकै सर्वोत्कृष्ट कार्यालय मध्येमा पर्न सफल

Technology Khabar २ मंसिर २०७१, मंगलवार

कोका–कोला संसारकै सर्वोत्कृष्ट कार्यालय मध्येमा पर्न सफल

काठमाडौं ।

काठमाडौँ, २ मंसिर । हल्का पेय कम्पनी, कोका–कोला, काम गर्नका लागि संसारका २५ सर्वोत्कृष्ट विश्वव्यापी कम्पनीको सूचिमा परेको छ । सो अनुसन्धान फच्र्यून नामक अमेरिकी म्यागजीनले प्रकाशित गरेको हो ।

फच्र्यून म्यागजीनका अनुसार कोका–कोलाका कर्मचारीहरु कम्पनीले दिगो स्थिरताका लागी गरेको संकल्पहरु प्रति निकै गर्व गर्छन, जबकि कोका—कोलाले विश्वव्यापी रुपमा धेरै ठूला प्रतिबद्धताहरु गरेको छ । ओलम्पिक र फुटबल वल्र्डकप जस्ता प्रमुख कार्यक्रमहरुलाई प्रायोजन गर्दै कोका–कोलाले आफ्ना कर्मचारीहरुलाई ब्राण्डको विश्वव्यापी प्रतिनिधिका रुपमा काम गर्ने मौका दिएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कम्पनीले कोकाकोला फाउण्डर नामक व्यवसायी कार्यक्रमको शुरुवात गरेको थियो जसका माध्यमबाट साना व्यवसायीहरुले आफ्नो कार्य शुरु गर्नुभन्दा पहिले कोका–कोलाको सम्बन्ध, स्रोत र पहुँचको लाभ उठाउन पाउनेछन् ।

यस संसारको सर्वोत्कृष्ट बहुराष्ट्रिय कम्पनीको सूचिमा पर्नका लागि कम्पनीहरुले कम्तिमा पनि ५ वटा देशमा काम गर्नका लागि सर्वोत्कृष्ट मानिएको हुनुपर्ने, विश्वव्यापी रुपमा कम्तिमा पनि ५,००० कर्मचारी हुनुपर्ने र कम्पनीको ४० प्रतिशत कर्मचारीहरु घरेलु राष्ट्रभन्दा बाहिर हुनुपर्ने नियम थियो । कोका–कोला संसारको सबैभन्दा ठूलो हल्का पेय कम्पनी भएको र यसले ५०० भन्दा बढी पेय पदार्थहरु उत्पादन गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख पेय पदार्थ कोका–कोलाका साथै  डाइट कोक, फ्यान्टा, स्प्राइट, कोकाकोला जिरो, भिटामीन वाटर, पावरेड, मिनुट मेड, सिम्प्ली, जोर्जिया र डेल भेले जस्ता उत्पादनहरुका साथ कम्पनीले १६ अर्बको ब्यापार गरेको छ । हल्का पेय, तयारी कफी तथा जुसहरु उत्पादन गर्दै कोका–कोला कम्पनी संसारकै नं १ कम्पनी भएको कम्पनीको दाबी छ ।

संसारको सबैभन्दा ठूलो वितरण प्रणालीका माध्यमबाट ग्राहकहरुले २०० भन्दा धेरै देशहरुमा दिनहूँ १.८ अर्ब भन्दा धेरै उत्पादनहरुको लाभ उठाउने बताईएको छ । बोटलिङ पार्टनरहरुकासाथ विश्वव्यापी रुपमा कोका–कोला कम्पनीमा ७ लाख कर्मचारीहरु कार्यरत छन् ।

नेपालमा कोका–कोलाले हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्ले उत्पादन गर्दै आएको छ । नेपालमा कोका–कोलाले यूएन ह्याबिट्याटकोे सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” सम्पन्न गरि रहेको छ ।

कोका–कोला कम्पनीको ग्लोवल 5BY20 अभियान अन्तर्गत नेपालमा कोका–कोलाले स्टार रिटेलर ट्रेनिङ्ग प्रोग्रामद्वारा महिला खुद्रा व्यपारीहरुलाई तालिम प्रदान गरि रहेको छ । कोका–कोका–कोलाले हालै हिमालयन क्लाइमेट इनिशिएशन र जिआईजेडसँग सहकार्य गरि पेट बोटल संकलन अभियान सुरु गरेको छ  ।

Global Bank
easy care

प्रकाशित: २ मंसिर २०७१, मंगलवार

ताजा समाचार