Technology Khabar १ मंसिर २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीले लिडकोर चीपसेटसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै लीक भएको सूचनाअनुसार जिओमीको नयाँ स्मार्टफोन लिडकोरको फोर जी चलाउन सकिने चीपसेटसहितको हुनेछ ।
केहिसमय पहिले जिओमीले ५१ प्रतिशत शेयर हिस्सासहित लिडकोर टेक्नोलोजीसँग सहकार्य गरेको छ । जसमा लिडकोरको ४९ प्रशित शेयर हिस्सा रहेको छ ।
दुवै कम्पनीको सहकार्यमा नयाँ स्मार्टफोन आउन लागेको लीक भएको समाचारमा उल्लेख छ जसको मूल्य ३९९ चीनियाँ यूआन तोकिएको छ ।
लिडकोर LC1860 SoC ले फोर जी सपोर्ट गर्दछ जून Mali T628 GPU सहितको रहेको छ । नयाँ स्मार्टफोन २ गीगाहर्जको कोर्टेक्स ए७ प्रोसेसरयुक्त रहेको छ । फोनको डिस्प्ले २ के रिजोलुशनको फूल एचडीयुक्त रहेको छ । यो फोन एन्ड्रोयडको ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित रहेको छ ।
प्रकाशित: १ मंसिर २०७१, सोमबार