फ्रेन्चाइज इन्डीयाद्धारा नेपालमा नेटवर्क विस्तार

Technology Khabar १ मंसिर २०७१, सोमबार

फ्रेन्चाइज इन्डीयाद्धारा नेपालमा नेटवर्क विस्तार

काठमाडौं ।

काठमाडौं, १ मंसिर । एशियाको सबैभन्दा ठूलो फ्रेन्चाइज सोलुसन कम्पनी फ्रेन्चाइज इन्डीयाले नेपालमा आफ्नो नेटवर्क विस्तार गरेको छ । कम्पनीले बिजनेश कन्सल्टिङ, विजनेश ब्रोकेज, भ्यालुएशन सर्भिस, मर्जर एण्ड एक्विजिशन, क्यापिटल सर्भि, रियर स्टेट सर्भिज तथा लिगल सर्भिसलगायतका सेवा प्रदान गर्ने जनाएको छ ।

कम्पनीका चेयरम्यान गौरभ मार्याले भारतमा लगानीकर्ताहरुलाई आफ्नो व्यवसाय विस्तार तथा ब्राण्ड विस्तारको अवसर सिर्जना गर्न निकै सहयोग गरिरहेको जानकारी दिए । उनले नेपालमा विस्तारसँगै व्यवसाय विस्तार र वृद्धिको लागी विभिन्न सेवाहरु प्रदान गर्ने बताए ।

सन् १९९९ मा स्थापना भएको फ्रेन्चाइज इन्डीयाले फ्रेन्चाइज, लाइसेन्सिंग, रिटेलिङ, रियर स्टेट र माकेटिङको क्षेत्रमा आधिकारीक रुपमा काम गर्दै आएको जनाएको छ ।

कम्पनीले जोन प्लेयर, नेक्स्ट, मम एण्ड मी, लोट्टो, बेकर स्ट्रिट, गितान्जली ज्वेलर्स, आइसर मोटर्सलगायत विभिन्न वहुराष्ट्रिय तथा राष्ट्रिय कर्पोरेट हाउसहरुलाई सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: १ मंसिर २०७१, सोमबार

ताजा समाचार