सिभिल मलको दसैं तिहार महोत्सव २०७१ सम्पन्न

Technology Khabar १ मंसिर २०७१, सोमबार

सिभिल मलको दसैं तिहार महोत्सव २०७१ सम्पन्न

काठमाडौं ।

काठमाडौं, १ मंसिर । सिभिल मलले आयोजना गरेको सामसुङ ग्यालेक्सी एस५ दसैं तिहार महोत्सव २०७१ सम्पन्न भएको छ। कार्यक्रम अवधिभर एक हजार रुपैयाँभन्दा बढीको किनमेल गरी ग्राहकले प्राप्त गर्ने कुपनहरु मध्येबाट गोलाप्रथाबाट विजेताको चयन गरी विभिन्न उपहारहरु प्रदान गरिएको थियो।

मलले आइतवार एक कार्यक्रमकाबिच बिजेताहरुलाई उपहार प्रदान गर्यो । दैनिक सरदर दुई लाख ५० हजार बराबरको उपहार प्रदान गरिएको सो कार्यक्रममा चारजनाले महिन्द्रा स्कुटर, दुई जनाले काठमाण्डौ–दुवई हवाई टिकट प्राप्त गरे भने अन्य विजेताहरुले हीराको हार, हिराको लकेट, एलसीडी टीभी, रेफ्रिजरेटर, वाशिङ मेशिन, डिजिटल क्यामेरा, माईक्रोवेभ ओभन र नगद भौचरहरु प्राप्त गरे।

भाद्र २७ देखि २२ कार्तिक सम्म सञ्चालित यो कार्यक्रम अवधिभर ४७८ जनाले विभिन्न उपहार प्राप्त गरेको मलले जानकारी दिएकोछ। तस्विर साभारः बिजमाण्डु

easy care

प्रकाशित: १ मंसिर २०७१, सोमबार

ताजा समाचार