Technology Khabar १ मंसिर २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १ मंसिर । नेपाल स्थित हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली बजारमा हुन्डाई इओनको नयाँ संस्करणको रुपमा इओन १००० सीसी (EON 1000cc) गाडि भित्राएको छ । इओन ८०० सीसीको अपार सफलतापछि इओन १००० सीसी बजारमा भित्रिएको छ ।
इओन १००० सीसीको कप्पा इन्जिनसहितको इओनको नयाँ अवतारका गाडिहरु, अहिलेको इओन ८०० सीसीसंगसंगै नेपाली बजारमा आउनेछ । इओनको यो नयाँ शक्तिशाली मोडल म्याग्ना प्लसमा मात्र उपलब्ध हुनेछ । आधुनिक इओन १००० सीसी थ्री सिलिन्डर इन्जिन सहितको नयाँ इओनमा 69PS@6200rpm को शक्ति, 9.6kgm at 3500rpm को पिक टोर्क, 20.3kmpl को फ्यूल इफिसियन्सी लगायतका विशेषताहरु छन् ।
स्टाइलिस रुप र सानो आकारको यस हुन्डाइ इओनले घरेलु बजारमा मारुतीको अल्टो र अल्टो ८०० सँग प्रतिस्पर्धा गर्नेछ । शक्तिशाली इन्जिन सहित स्टाइलिस रुप र सानो आकारको यस हुन्डाइ इओनले घरेलु बजारमा नयाँ हुन्डाइ इओनले आफ्नो प्रतिस्पर्धीलाई कडा प्रतिस्पर्धा दिनेछ । बजारमा नौलो र नविन उत्पादन ल्याउने हुन्डाइले यसपाली पनि आफ्नो विरासतलाई निरन्तरता दिएको छ । नयाँ इओनले बढ्दो सानो गाडिको बजार विस्तारमा थप सहयोग पुर्याउने छ ।
कम्पनीका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले निरन्तररुपमा उपभोक्ताको माग पुरा र माग अधिक नौलो उत्पादन ल्याइरहने हुन्डाइको इओन १००० सीसी कप्पा इन्जिन सहितको नयाँ उत्पादनले हुन्डाइको आधुनिक–प्रिमियम विचारधारालाई निरन्तरता दिने बताए ।
प्रकाशित: १ मंसिर २०७१, सोमबार