२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

Technology Khabar ३० कार्तिक २०७१, आईतवार

२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बनाएको विश्वको सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ नेपालमा पनि उपलब्ध हुने भएकोछ । नेपालमा जियोनीको मोबाइल बिक्री बितरण गर्दै अाएको टेलिटक प्रालिले यहि नोभेम्बर २५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ बजारमा उपलब्ध हुने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो फोनको बजार मुल्य कति भन्ने आधिकारीक जानकारी उपलब्ध हुन सकेन् ।

नेपाली बजारमा पनि यो फोन उपलब्ध भएको कम्पनीका बजार व्यवस्थापक गौरव हमालले जानकारी दिएपनि अन्य जानकारी थाहा नभएको बताए । तर कम्पनीसँग नजिक स्रोतका अनुसार कम्पनीले नेपाली बजारमा ल्याउन लागेको उक्त्त फोनको अर्डर अनुसार फोन अाउन नै बाँकी रहेको छ भने बजार मुल्य हाल सार्वजनिक नगर्ने अघोषित नीति रहेकोछ । भारतीय बजार मुल्यको आधारमा हेर्दा स्थानीय बजारमा यो फोनको बजार मुल्य ३० हजार रुपै‌याको हाराहारी हुनसक्ने अनुमान मात्र गर्न सकिन्छ ।

उता जियोनी इलाइफ एस ५.१को मुल्य भारतमा भने घोषित भएको छ । यो फोन ई-कमर्श साइट ईबे डटइनमा १७ हजार ५ सय ४९ भारतीय रुपैंयामा उपलब्ध रहेको छ । ईबेले आफ्नो साइटमा ह्वाइट कलरको फोन उपलब्ध रहेको जानकारी दिएको छ ।Gionee-Elife-S5.1-eaby

यो हेडसेट ५.१ मिमी पातलो छ तथा यसले गिनीज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम दर्ता गरिसकेको छ । यो फोनले फोर जी सपोर्ट गर्दछ ।

यो हेडसेट यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसरयुक्त रहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसको स्क्रीन ४.८ इन्चको सुपर एमोलेड छ जसको हाई डेफिनिशन रिजोल्यूशन छ भने गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषताहरु रहेका छन् ।

यसको रियर क्यामरा ८ मेगापिक्सलको छ तथा यो अटो फोकश हो । यसमा एलईडी फ्लास पनि छ । यसको फ्रन्ट क्यामरा सेल्फी लिनको लागि उपयुक्त छ भने यो ५ मेगापिक्सलको छ । यो फोनमा १ जीबीको र्याम छ भने यसमा १६ जीबीको इन्टरनल स्टोरेज छ तर यसमा माइक्रो एसडी सपोर्ट भने छैन् ।

बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्द यो मोबाइल आफ्नै वर्गहरुमा उत्कृष्ट बनाएको कम्पनीको दाबी छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि उपलब्ध छ ।

यो एन्ड्रोइड ४.३ मा आधारित छ । यसको अन्य फीचरमा ४ जी, ३ जी, २ जी, वाईफाई जीपीएस तथा ब्लूटूथ छ । यसको ब्याट्रि २१०० एमएएचको छ । जियोनी ईलाइफ एस ५.१ को चीनमा बजार मूल्य १९९९ युआन तोकिएको छ ।

यो पनि हेर्नुहोस्-

https://technologykhabar.com/worlds-slimmest-smartphone-gionee-elife-s5-1/

easy care

प्रकाशित: ३० कार्तिक २०७१, आईतवार