चाहेको एप निर्माणमा लाग्न गेम गुरु टमी पाल्मको सुझाब

Technology Khabar ३० कार्तिक २०७१, आईतवार

चाहेको एप निर्माणमा लाग्न गेम गुरु टमी पाल्मको सुझाब

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । ‘क्याण्डी क्रस’का डेभलपर तथा किङ डटकमका गेम गुरु टमी पाल्मले र आफूले चाहेको एप निर्माणमा लाग्न नेपाली एप निर्माताहरुलाई सुझाब दिएका छन् ।

पाल्मले शनिबार काठमाडौंमा एनसेल एप क्याम्प २०१४ का प्रतिस्पर्धीहरुलाई आफूलाई मनपर्ने कामगर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाब दिएका हुन् । उनले भने,‘तपाईं आफू को बन्न चाहनुहुन्छ त्यही बन्नुहोस् । जे गर्न मन लाग्छ त्यही काम गरेर रमाउनुहोस्।’

काम गर्ने र नयाँ सोच भएकाहरुलाई थुप्रै सम्भावना रहेको भन्दै उनले भने-‘यदि तपाईंमा विश्वव्यापी रुपमा केही गर्ने प्रतिभा छ भने नयाँ कम्पनी खोल्नुहोस् र आफूले चाहेको एप निर्माणमा लाग्नुहोस् । यदि तपाईंले एप स्टोरहरुमा आफ्नो एपलाई पुर्याउन सक्नुभयो भने त्यो एउटा सुनौलोअवसर हुनेछ ।’IMG_8597(3)

पाल्मकै अवधारणामा आधारित भएर बनेको क्याण्डी क्रस सागा एप सन् २०१३ सम्म ५० करोड भन्दा बढी पटक डाउनलोड भइसकेको छ भने ८३ करोड पटक प्रतिदिन खेलिन्छ । यो खेल प्रत्येक महिना ३३ करोडभन्दा बढी नयाँ प्रयोगकर्ताले खेल्ने गरेको उनले जानकारी दिए।

‘विभिन्न स्क्रीनका लागि काम गर्नुपर्दा हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्यो, ‘पाल्मले आफ्नो टिमले परिवर्तनशील प्रविधिका कारण आफ्नो टिमले गर्नुपरेको संघर्ष सुनाए-‘तर, जब हामीले उक्त खेललाई मोवाइलका लागि बनायौं त्यसपछि धेरै समस्याको समाधान आफैं भयो ।’

पाल्मले क्याण्डी क्रस विश्वव्यापी हुनुमा विभिन्न प्ल्याटर्फममा काम गर्न सक्नु, एपलाई निःशुल्क डाउनलोड गर्न सक्नु र खेललाई एउटा सेवाका रुपमा विकास गर्न सक्नु मुख्य विशेषताहरु भएको समेतबताए ।

एप क्याम्पमा प्रतिस्पर्धा गरिरहेका समूहहरुलाई एप निर्माणका प्राविधिक तथा सैद्धान्तिक आयामहरुबारे थप ज्ञान प्रदानगर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पाल्मले एप निर्माणबारे आफ्नो अनुभव साटेका थिए।

पाल्मले आफैँले भने क्यान्डी क्रस एकसय ९७ लेभल सम्म पुगेको पनि बताए ।

प्रश्नोत्तर सत्रमा, सहभागीहरुले क्याण्डीक्रस बनाउँदाको मुख्य अवधारणाबारे जिज्ञासा राखेका थिए । उनीहरुले खेलबाहेक अन्य एपहरु पनि क्याण्डी क्रसजस्तै लोकप्रिय र भाइरल बनाउन कसरी सकिएला भनेर सोधेका थिए ।

जवाफमा पाल्मले क्याण्डी क्रसको मूख्य अवधारणा नै विभिन्न प्ल्याटर्फममा चल्ने खेलको आवश्यकता भएको बताएका छन् । उनले नयाँ एप निर्माणकर्ताहरुलाई बजारीकरण र लोकप्रियता हासिल गर्न फेसबुकजस्ता सामाजिक सञ्ञालबाट फाइदा लिन सल्लाह दिए ।

क्याम्पका प्रतिस्पर्धीहरुलाई व्यवसाय विकासका लागि मंसिर २ गते र अवधारणा प्रस्तुतिका लागि मंसिर ५ गते तालिम दिइने एनसेलले जनाएको छ । तस्विर साभारः बिजमाण्डु डटकम

easy care

प्रकाशित: ३० कार्तिक २०७१, आईतवार