सामसुङका ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ फोन बजारमा

Technology Khabar ३० कार्तिक २०७१, आईतवार

सामसुङका ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ फोन बजारमा

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । नेपालको लागि सामसुङ मोबाइलको आधिकारीक विक्रेता इन्टरनेशनल मोबिलिटी सोलुसन्सले सामसुङका दुई नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ नामक दुइवटा मोबाइल नेपालीबजारमा ल्याएको हो । डुअल सिमको सुविधा भएको दुबै मोबाइलमा एन्ड्रोइड किटक्याट ४.४.२ अपरेटिङ सिष्टम, एक जीबी र्याम, ८ जीबीको मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले ६४ जीबीसम्म पुर्याउन सकिनेछ ।

१.२ गिगाहर्ज क्वाड कोर प्रोसेसरयुक्त्त रहेको ग्रान्ड प्राइममा ५ इन्चको टिएफटि क्यापासिटिभ स्क्रिन, अटो फ्ल्यास र लेड लाइटसहितको ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ भने कोर प्राइममा १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसरका साथ ४.५ इन्चको टिएफटी क्यापासिटिभ स्क्रिन, लेड लाइटसहितको ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

उक्त दुबै मोबाइलको बजार मूल्य २५ हजार ५ सय रुपैंयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७१, आईतवार