Technology Khabar २९ कार्तिक २०७१, शनिबार
काठमाडौं ।
काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंकले आफ्नो सन्जाल बिस्तार गर्दै पोखराको लेकसाईडमा नयाँ एटिएमको स्थापना गरेको छ । बैंकको पोखरामा यो दोस्रो एटिएम रहेको र यसका साथ बैंकको जम्मा एटिएम ७६ पुगेको छ ।
लेकसाईडमा भएको एक औपचारीक कार्यक्रममा उक्त एटिएमको समुद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका थिए ।
बैँकले ५३ वटा स्थानीय शाखाहरु, ५ एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७६ वटा एटिएम र विश्वव्यापी रुपमा रहेका सन्जालहरुका माध्यमबाट ग्राहकहरुलाई व्यावसायीक तथा प्रभावकारी बैँकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । पंजाब नेशनल बैँकसँगको साझेदारी मार्फत आफ्नो कारोवारको वृद्घि गर्दै आफ्ना शेयरधनीलाई उच्चतम् प्रतिफल दिदैं आफुलाई देशकै एक प्रमुख बैंकको रुपमा उभ्याउन सफल भएको छ । बैकले कुल व्यवसाय, नेट–वर्थ र मुनाफाको क्षेत्रमा निरन्तर उन्नति गर्दै प्रशंसनीय कार्य गरेको छ ।
एभरेष्ट बैंकले आफना उत्कृष्ट कारोवार तथा सेवाहरुका लागि “वर्षको सर्वोत्कृष्ट बैँक”, “सर्वोत्कृष्ट व्यवस्थित कमर्सियल बैँक” “सबैभन्दा धेरै कर तिर्ने कमर्सियल बैँक” जस्ता थुप्रै पुरस्कार तथा ख्यातिहरु प्राप्त गरेको छ ।
प्रकाशित: २९ कार्तिक २०७१, शनिबार