Technology Khabar २९ कार्तिक २०७१, शनिबार
काठमाडौं ।
काठमाडौं २९ कातिक । रोयल स्ट्याग मेगा म्युजिकले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सांगीतिक प्रतियोगीताहरुमा सबैभन्दा पहिलो गीतकार प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।
प्रतिस्पर्धाका आयोजक रोयल स्ट्याग मेगा म्युजिकले गीतकार प्रतिस्पर्धाका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ जसमा प्रतियोगीहरुले सर्वप्रथम कोका–कोला नेपाली तारा ३ को फेसबुक पेजमा गएर पेजको इनबक्समा आफ्नो नाम र ठेगानाका साथ आफूले लेखेको गीत पोष्ट गर्नु पर्नेछ । गीत नेपाली भाषामा हुनुपर्नेछ । प्रतिस्पर्धाका लागि जस्ले जतिवटा पनि गीतहरु पठाउन पाउने छन् । सो प्रतिस्पर्धा मंसिर ५ गतेसम्मका लागि मात्रै हुनेछ ।
प्रायोजक रोयल स्ट्याग मेगा म्युजिकले प्रतिस्पर्धाका ३ उत्कृष्ट प्रतियोगीहरुलाई कोका–कोला नेपाली तारा ३ को मेगा फाइनलमा उपहार स्वरुप रु ११,००० प्रदान गर्नेछ । सो उत्कृष्ट गीतहरु कोका–कोला नेपाली तारा ३ को एल्बममा पनि समावेश गरिनेछन् ।
यस प्रतिस्पर्धाका लागि वरिष्ठ रचनाकार तथा गीतकार दिनेश अधिकारी र गीतकार रमण घिमिरे जज रहने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित: २९ कार्तिक २०७१, शनिबार