Technology Khabar २८ कार्तिक २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २८ कात्तिक । अमेरिकी सरकारले आइफोन तथा आइप्याड प्रयोगकर्ताहरुलाई ह्याकर्सले संवेदनशिल तथ्यांक चोरी गर्नसक्ने बारेमा सर्तक गराएको छ । अमेरिकी सरकारले एप्पलको अपरेटिङ सिष्टममा ह्याकर्सले प्रवेश गर्नसक्ने भन्दै सो बारेमा सर्तक गराएको हो ।
सरकारको तर्फबाट जारी अलर्टमा ह्याकरहरुले एप्पलको सेन्सेटिभ सेक्यूरिटीलाई क्रयाक गरेर प्रयोगकर्ताहरुको डाटा चोरी गर्नसक्ने बताईएको छ ।
अमेरिकाको नेशनल साइबर सेक्यूरिटी एण्ड कम्यूनिकेशन्स इन्टीग्रेशन सेन्टर तथा यूएस कम्प्यूटर इमर्जेन्सी रेडिनेश टिमले एप्पलको अपेरेटिङ सिष्टम आइओएसलाई ह्याक गर्न ‘मास्क अट्याक‘ प्रविधिको प्रयोग गरिएको अनलाइन बुलेटिनमार्फत बताएको छ ।
नेटवर्क सेक्यूरिटी कम्पनी फायरआई इंकले एप्पलको सेक्यूरिटी तोड्न ‘मास्क अट्याक’ प्रविधिलाई यो साताको शुरुवातमा नै प्रयोग गरिएको खुलासा गरेको छ ।
यो ह्याकिङको माध्यमबाट प्रयोगकर्ताहरुको लगइन क्रिडेन्शियल, एक्सेस सेन्सिटिभ डेटा जुन प्रयोगकर्ताको डिभाइसमा सेभ गरिएको हुन्छ, साथै यस्तो एक्टिभिटी जुन आफ्नो डिभाइसमा गरिन्छ त्यो ह्याक गर्न सकिने हुन्छ । ह्याकरहरुले परबाट त्यस्ता गतिबिधिलाई नियालीरहेको हुनसक्ने सरकारले उल्लेख गरेको छ ।
साइबर सेक्यूरिटीले यो अनलाइन अट्याकलाई त्यतिबेला रोक्न सकिन्छ जतिबेला यूजर आफ्नो आइप्याड वा आइफोनमा एप्पल स्टोरबाट मात्र एपहरु डाउनलोड गरिन्छ । अथवा एप्स एप्पलको आफ्नो आधिकारीक वेबसाइटबाट मात्र डाउनलोड गरिन्छ ।
कष्टमरहरुलाई सुरक्षित गर्न तथा उनिहरुलाई मालवेयर सफ्टवेयर इन्टलगर्नु भन्दा पहिले सचेत गर्न एप्पलले ओएस एक्स तथा बिल्ट इन सेक्यूरिटी सेफगार्डसहितको आइओएस डिजाइन गरिएको जानकारी दिएको रोयटर्सले जनाएको छ ।
एप्पलले वेवसाइट हेर्दा ‘पप-अप’बाट ‘इन्स्टल’ नगर्न र अनधिकृत एप डेभलपरको एपमा क्लिक नगर्न पनि भनिएको बुलेटिनमा उल्लेख छ । एजेन्सीहरु
प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार