Technology Khabar २८ कार्तिक २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २८ कात्तिक । भारतीय इलेक्ट्रोनिक्स कम्पनी भिडियोकोनले नयाँ स्टायलिश स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले इन्फिनियम जेड ५० क्वाड (Infinium Z50 Quad) स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन कम्पनीको इन्फिनियम सीरीजअन्तरगत कम्पनीले निर्माण गरेको हो ।
यो फोनमा ५ इन्चको क्यूएचडी स्क्रीन राखिएको छ भने १.३ जीएचजेड क्वाड कोर प्रोसेसरयुक्त रहेको छ । नयाँ फोन एन्ड्रोयड ४.४ किटक्याट अपरेटि९ सिष्टममा आधारीत छ भने यसको र्याम १ जीबी तथा इन्टरनल स्टोरेज ८ जीबीको छ ।
जेड ५० को रियर क्यामरा एलइडी फ्ल्याशसहित अटोफोकश ५ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ ।
कम्पनीले यो फोनलाई भिडियोकोनले ल्याएको फोनमध्ये सबैभन्दा पातलो फोनको रुपमा उल्लेख गरेको छ जसको मोटाई ८.२ मिलीमीटर छ । डुअल सिम सपोर्ट गर्ने यो फोनको ब्याट्री १९०० एमएएच क्षमताको रहेको छ ।
कम्पनीले यो फोनको बजार मूल्य भारतमा ७,३४९ भारतीय रुपैंया तोकेको छ । नेपालमा यो फोन कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । नेपालमा यो फोन वत्सल इम्पेक्सले बिक्री बितरण गर्दै आएको छ ।
भिडियोकोन इन्फिनियम Z50क्वाडको विशेषताहरु
* स्क्रीन- 5-इंच (960×540) पिक्सल, टच स्क्रीन डिस्प्ले
* प्रोसेसर- 1.3 जीएचजेड क्वाड कोर प्रोसेसर
* ओएस- एड्रोयड 4.4 (किटक्याट)
* सिम- डुअल सिम
* क्यामरा- 5 एमपी रियर, एलईडी फ्ल्याश
* फ्रंट क्यामरा- 2 एमपी
* अडियो- 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* र्याम- 1 जीबी, 8 जीबी इंटरनल स्टोरेज, 32 जीबीसम्म बढाउन सकिने
* अन्य फीचर्स- 3 जी, वाई-फाई 802.11, ब्लूटूथ, जीपीएस
* ब्याट्री- 1900 एमएएच
* रंग- सेतो र कालो
प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार