प्रयोगकर्ताको मूड बताउने एलजीको ‘एका’

Technology Khabar २७ कार्तिक २०७१, बिहीबार

प्रयोगकर्ताको मूड बताउने एलजीको ‘एका’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २७ कात्तिक । कोरियाली कम्पनी एलजीले चार नयाँ स्मार्टफोन लन्च गरेको छ । यी स्मार्टफोनहरुको विशेषता भनेको फोनको माथिल्लो प्यानल हो जसले यूजरको मूडलाई प्रतिविम्बित गर्दछ । यो प्यानलमा एनिमेशनको माध्यमबाट यूजरको मूडलाई देखाउने व्यवस्था गरिएको छ । यसलाई यूजरले आफ्नो अनुकुल परिवर्तन पनि गर्न सक्दछ । एलजीले यस्तो फोनलाई एका (AKA) सीरीजको नाम दिएको छ ।lg-aka-personalities

पछिल्लो महिना कोरियामा युवाहरुलाई मध्यनजर गरेर कम्पनीले एका (AKA) सीरीज सार्वजनिक गरेको हो । कम्पनीले यो फोनलाई चार अलग अलग रंगहरुमा लन्च गरेको छ । कम्पनीका अनुसार प्रेममा परेका प्रयोगकर्ताहरुको लागि पहेँलो रंगको प्यानल राखिएको छ जसलाई इगी (EGGY) नाम दिईएको छ । कडा र ठाडो भाषा प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई सेतो रंग दिईएको छ जसलाई यूकी (WOOKY) नाम दिईएको छ । त्यसैगरी निलो रंगसहितको फोनलाई सोल (SOUL) नाम दिईएको छ जुन म्यूजिक लभर्सका लागि तोकिएको छ । कम्पनीले ल्याएको गुलाबी रंगको फोनलाई भने योयो (YOYO) नाम दिईएको छ । LG-Aka

एकेए सीरीजको फोनको फ्रन्टमा स्लाइड गर्ने किसिमको कभर राखिएको छ । जसलाई तल वा माथिबाट हटाउन सकिन्छ । सबै चार फोनहरु एन्ड्रोयड ४.४ किटक्याटमा आधारित छन् । यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १.५ जीबीको र्याम पनि छ । यो फोनमा १६ जीबीको आन्तरिक मेमोरी छ जुन माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।gsmarena_003

यो स्मार्टफोनमा ८ मेगापिक्सको रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ जुन एलजीको जीथ्रीमा पनि रहेको छ ।
यो फोनमा २६१० एमएएचको ब्याट्री रहेको छ भने तौल १३५.५ ग्राम रहेको छ ।

एलजी एकेएको मूल्य ५ लाख कोरियन वन अर्थात ४ सय ५५ अमेरिकी डलर तोकिएको छ । तर यो फोन हाल कोरिया भन्दा बाहिरका देशहरुमा उपलब्ध छैन् ।

Sajilo Visa

प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार

तपाइको प्रतिक्रिया