ब्लाकबेरीले भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्ने

Technology Khabar २७ कार्तिक २०७१, बिहीबार

ब्लाकबेरीले भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २७ कात्तिक । क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले नयाँ सेवा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीबीएम (Blackberry Messaging) द्धारा भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्न लागेको हो ।

कम्पनीले विहिवार सान फ्रान्सिस्कोमा कर्पोरेट कस्टमर्सका लागी एक इभेन्ट आयोजना गर्न लागेको छ । सोहि कार्यक्रममा कम्पनीले आफ्नो कम्यूनिकेशन सिष्टमको नयाँ भर्सन सार्वजनिक गर्नेछ ।BBM

यसका साथै कम्पनीले सबैभन्दा चर्चित बीबीएम म्यासेन्जरको माध्यमद्धारा भिडियो कन्फ्रेन्सको नयाँ फीचर पनि लन्च गर्दैछ । त्यसैगरी कम्पनीका मुख्य कार्यकारी अधिकृत जोन सेनले चीनियाँ स्मार्टफोन मेकर्सलाई पनि ब्लाकबेरी पार्टनरशिपको लागि आग्रह गरेका छन् ।

कम्पनीले यो कार्यक्रमद्धारा कर्पोरेट कम्पनी तथा सरकारी एजेन्सहिरुका लागि पनि एक मोबाइल डिभाइस म्यानेजमेन्ट प्लेटफर्म लन्च गर्नसक्ने बताईएको छ ।

कुनै समय ब्लाकबेरी मोबाइल फोनको विश्व बजारमा एकछत्र छाएको थियो भने अहिले एक प्रतिशत बजार हिस्सामा खुम्चिएको छ । यसका बाबजुद कम्पनीले हार मानेको छैन् ।

पछिल्लो एक वर्षमा कम्पनीको नयाँ मुख्य कार्यकारी अधिकृतमा जोन सेनको नेतृत्वमा गुमाएको साख उठाउने कोशिश गरिरहेको छ । अहिले कम्पनीले आफ्नो दुई सबैभन्दा मुख्य विशेषता बिजनेस यूजर्स तथा सुरक्षामा ध्यान केन्द्रित गरेको छ ।

कम्पनीले आयोजना गरेको यो इभेन्टको एक दिन अगाडि बुधवार अमेरिकी शेयर बजारमा ब्लाकबेरीको शेयर ३ प्रतिशतले वृद्धि भएर ११.३ अमेरिकी डलर तोकेको छ ।

Sajilo Visa

प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार