आँखा झिम्क्याएपछि सेल्फी खिच्ने पानासोनिकको ‘एलुगा एस’

Technology Khabar २७ कार्तिक २०७१, बिहीबार

आँखा झिम्क्याएपछि सेल्फी खिच्ने पानासोनिकको ‘एलुगा एस’

काठमाडौं ।

काठमाडौं, २७ कात्तिक । जापानी कम्पनी पानासोनिकले भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एलुगा सीरीजको एलुगा एस (Eluga S) सार्वजनिक गरेको हो । पानासोनिकले भारतीय बजारमा पहिले नै आफ्ना ट्याबलेट तथा फोनहरु सार्वजनिक गरीसकेको छ ।

हाल सार्वजनिक गरेको स्मार्टफोन एलुगा सीरीजको तेस्रो स्मार्टफोन हो जुन सेल्फी केन्द्रित रहेको छ । यो फोन बजारमा भने नोभेम्बरको अन्त्यसम्ममा खरिद गर्न सकिनेछ ।
एलुगामा ५ इन्चको डिस्प्ले राखिएको छ जसको पिक्सल रिजोलेशन १२८०X७२० आईपीएस एचडी रहेको छ । १.४ गीगाहर्ज मिडिया टेक ट्रु अक्टा कोर प्रोसेसरयुक्त फोनमा १ जीबीको र्याम छ भने ८ जीबीको आन्तरीक मेमोरी राखिएको छ । प्रयोगकर्ताले एसडी कार्डमार्फत मेमोरीलाई ३२ जीबीसम्म बढाउन सक्नेछ ।panasonic-eluga-650_111314115118

यो फोनमा एलईडी फ्ल्याशका साथमा ८ मेगापिक्सलको अटोफोकश रियर क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा रहेको फ्रन्ट क्यामरामा ‘ब्लिंक अप्शन’ राखिएको छ । जसले सेल्फी खिच्नको लागी यूजरले क्यामराको अगाडि आफ्नो आँखा झिम्क्याउनुपर्ने छ भने क्यामराले तीन सेकेण्डको काउंट डाउन गरेर अटोमेटिक फोटो खिच्नेछ ।

यो फोनको ब्याक लेदर लुक छ भने फिटहोम यूजर इन्टरफेशका साथ आउँछ । यसमा पीओपी आई प्लेयर, म्यूजिक क्याफे तथा क्विक लुकजस्ता फीचर्स रहेका छन् । यो फोनको बजार मूल्य भारतमा ११,१९० भारतीय रुपैंया तोकिएको छ ।elugaaa

यसभन्दा अगाडि कम्पनीले एलुगा सीरीजमा एलुगा यू तथा एलुगा ए सार्वजनिक गरेको थियो । जसको भारतमा बजार मूल्य क्रमशः १८,९९० र ९,४९० रुपैंया तोकिएको थियो ।
फोन सार्वजनिकको अवसरमा पानासोनिकका म्यानेजिङ डाइरेक्टरले यो स्मार्टफोनले आगामी दिनहरुमा भारतीय बजारमा निकै सफल हुने बताए । उनले आफ्ना ग्राहकहरुको लागि नयाँ नयाँ प्रविधियुक्त डिभाइस सार्वजनिक गर्ने स्पष्ट पारे ।

पानासोनिकको एलुगा एस नेपाली बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् । नेपालमा पानासोनिकको फोनहरु एलाइड ट्रेड लिंक इन्टरनेशनलले बिक्री बितरण गर्दै आएको छ ।

एलुगा S ो विवरण

* स्क्रीन- 5 इंच (1280×720 पिक्सल) आईपीएस डिस्प्ले
* प्रोसेसर- 1.4 जीएचजेड ट्रू ओक्टा कोर प्रोसेसर
* र्याम- 1जीबी, 8 जीबी इंटरनल मेमोरी
* क्यामरा- 8 एमपी रियर, एलईडी फ्ल्याश 1080 पीक्सल वीडियो रेकर्डिंग
* फ्रंट क्यामरा- 5 एमपी, ब्लिंक प्ले सहित
* आकार- 7.9 मिमी,तौलः 135 ग्राम
* अडियो- 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर- 3 जी, वाई-फाई 802.11, ब्लूटूथ 4.0, जीपीएस
* ब्याट्री- 2100 एमएएच
* रंग- सेतो तथा कालो

easy care

प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार