माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

Technology Khabar २७ कार्तिक २०७१, बिहीबार

माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

काठमाडौं ।

काठमाडौँ, २७ कातिक । माइक्रोम्याक्स इन्फरम्याटिक्स् लिमिटेडले नेपाली बजारमा माइक्रोम्याक्स क्यानभास निट्रो ए ३१० (Micromax Canvas Nitro A310) ल्याएको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा रहेको माइक्रोम्याक्सले चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र अभिनव यूजर इन्टरफेशका साथै ग्राहकहरुलाई चाहिने सबै प्रकारका एप्सहरु भएको सो फोनले ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोनको उद्घाटनका क्रममा बोल्दै माइक्रोम्याक्सका अन्तर्राष्ट्रिय बिजनेस प्रमुख अमित माथुरले भने, “ग्राहकहरुसँग निरन्तररुपमा अन्तक्र्रिया गर्दै ग्राहकहरुको निरन्तर बद्लिँदै गरेको आवश्यकता पूरा गर्न हामी सधैँ तत्पर छौँ । ग्राहकहरुको व्यक्तिगत आवश्यकताहरुलाई मध्यनजर गरि माइक्रोम्याक्सले प्रस्तुत गरेको माइक्रोम्याक्स क्यानभास निटे ए३१० ले उत्कृष्ट प्रविधिहरुको मिश्रणबाट प्रविधिलाई सरल बनाउँदै उच्च डिजाइनका साथ सहज प्रयोगमा जोड दिएको छ ।”

“माइक्रोम्याक्सले सधैँ ग्राहकहरुको आवश्यकता पत्ता लगाइ न्यूनतम मूल्यमा अभिनव समाधानहरु प्रस्तुत गर्दै आएको छ । यस अनुभवलाई निरन्तरता दिँदै हामी अझै प्रविधिलाई सरल बनाउँदै ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न निरन्तर रुपमा लागिरहेका छौँ,” माथुरले भने ।Micromax-Canvas-Nitro-launched

उत्कृष्ट विशेषताहरुका साथ आएको माइक्रोम्याक्स क्यानभास निटे ए३१० मा शक्तिशाली १.७ गीगाहर्ज ट्रुअक्टा कोर प्रोसेसर छ जसले फोनका सबै कार्यहरु कुनै रोकतोक बिना गर्न मद्दत पुर्याउँछ र फोनमा भएका एप्लिकेसनहरुको प्रदर्शन पनि बढाउने कम्पनीको दाबी छ ।

५ इन्चको एचडी आइपीइएस डिस्प्ले भएकोले फोनमा डायनामिक कन्ट्रास र कलर भाइब्रेन्सी रहेको छ जसले ग्राहकहरुको अनुभवलाई अझै प्रखर बनाउने गुणस्तरको ग्राफिक प्रदान गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।

एन्ड्रोयड किटक्याट ४.४ अपरेटिङ सिष्टममा आधारीत फोनबाट ग्राहकहरुले भ्वाइस सर्च, गुगल ड्राइभ, भिडियो कलको लागी ह्यांगआउट्स  र स्मार्ट कन्ट्याक्ट प्रायरोटाइजेशन जस्ता उत्कृष्ट सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

लेदर फिनिस भएको निलो रङ्गमा आउने सो माइक्रोम्याक्स क्यानभास निट्रो ए३१० मा क्विकलूक, स्मार्ट अलर्ट, अल इन वन क्यामेरा विजेड र व्यक्तिगत बनाउन सकिने बिशेष संकेतहरु पनि रहेका छन् ।5-inch-ips-display

१३ मेगापिक्सलको अटोफोकस क्यामरा का साथ फ्ल्याशको सुविधा पनि भएको यो फोनबाट ग्राहकहरुले उत्कृष्ट गुणस्तरको फोटोहरु खिच्न सक्नेछन । अब प्रयोगकर्ताहरुले एकै टचमा क्यामराका विभिन्न विशेषताहरु चलाउन सक्ने बताईएको छ । फोनको अल इन वन क्यामेरा विजेडका मद्दतले ग्राहकहरुले सामान्य, फोटो, भिडियो, सेल्फी, अघि–पछि क्यामराको परिवर्तन गर्न सक्नेछन । यसका साथै उत्कृष्ट क्ल्यारिटिको सेल्फी खिच्नका लागि यो फोनमा  ५ मेगापिक्सलको फ्रन्ट क्यामरा पनि राखिएको छ ।

नेपालमा यो फोनको बजार मूल्य कम्पनीले उल्लेख गरेको छैन् । तर भारतमा यो फोन करिब १२ हजार भारतीय रुपै‌यामा खरिद गर्न सकिन्छ । नेपालमा यो फोन पशुपति ट्रेड लिंकले बिक्री बितरण गर्ने गर्दछ ।

विभिन्न नोटिफिकेसनका लागि क्वीकलूक

प्रयोगकर्ताहरुले आफुलाई चाहिएको विभिन्न सुविधाहरुका लागि धेरै एप्लिकेसन खोल्नु पर्दैन । क्विकलूकका साथमा अब सबै सामाजिक संजाल तथा अन्य नोटिफिकेसनहरु एउटै स्क्रिनमा देख्न सकिने छ । कलेज जस्तो इन्टरफेशका माध्यमबाट ग्राहकहरुले विभिन्न वर्गका सूचनाहरु, फेशबुकका नोटिफिकेसनहरु,ट्विटरका नोटिफिकेसनहरु तथा मौसमको जानकारी जस्ता सुविधाहरु एकै पटकमा प्रयोग गर्न सकिन्छ ।

स्मार्ट अलर्ट

यो स्मार्टफोनमा स्मार्ट अलर्टको सुविधा पनि छ जसले ग्राहकलाई स्क्रिन लक भए पनि नोटिफिकेसनहरु हेर्न मद्दत गर्दछ । जब त्यहाँ कुनै नोटिफिकेसनहरु हुँदैनन् त्यहाँ पृष्ठभूमिमा सेतो डिजिटल क्लक हुनेछ । नोटिफिकेसनको मामलामा, प्रत्येक नोटिफिकेसनका लागि व्यक्तिगत आइकनका साथ स्क्रिनमा एउटा व्याण्ड देखिन्छ र व्याण्डको कलरले नयाँ नोटिफिकेसनलाई अंकित गर्छ जस्तै एसएमएस, कल्स, फेशबुक, जीमेल, ह्वाट्सएप्स तथा ह्यांगआउट्स ।

कस्टुमाइज् स्मार्ट जेस्चर

फोनमा पिन्च इन, पिन्च आउट, २ फिंगर फ्लिक अप, २ फिंगर फ्लिक डाउन, २ फिंगर फ्लिक लेफ्ट २ फिंगर फ्लिक राइट जस्ता आफैंले मिलाउन मिल्ने विशेषताहरु रहेका छन् जसले तपाईंलाई विभिन्न कार्य जस्तै मेसेज हेर्न, एप्स खोल्न, म्यूजिक भोल्यूम मिलाउन, प्ले र पज  गर्न मद्दत गर्दछ ।

विगत ५ वर्ष देखि माइक्रोम्याक्सले जनतालाई विभिन्न किसिमको विश्वस्तरीय किफायती अविष्कारहरु प्रस्तुत गरेर प्रविधि क्रान्तिमा महारथ हासिल गरेको छ । हाल माइक्रोम्याक्स २०१४ को दोस्रो क्याटरमा १६.६ प्रतिशत मार्केट शेयरका साथ भारतको सबैभन्दा ठूलो मोवाइल बिक्रेता बनेको छ । माइक्रोम्याक्सको हाल विभिन्न ६० भन्दा धेरै थरिका मोडलहरु बजारमा उपलब्ध छन् ।

Global Bank
easy care

प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार

ताजा समाचार