कार्बन मोबाइलको टाइटानियम एस–१९ बजारमा आयो

Technology Khabar २६ कार्तिक २०७१, बुधबार

कार्बन मोबाइलको टाइटानियम एस–१९ बजारमा आयो

काठमाडौं ।

काठमाडौं, २६ कातिक । कार्बन मोबाइलले टाइटानियम एस–१९ मोडलको नयाँ सेट नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कार्बन मोवाइलको आधिकारीक बिक्रेता एलाईटट्रेड लिङ्क इन्टरनेशनलले नयाँ मोबाईल नेपाली बजारमा ल्याएको जानकारी दिएकोछ ।

कम्पनीका व्यवस्थापन निर्देशक मनिष राजभण्डारीले नयाँ सेटमाअत्याधुनिक सुविधा र आधुनिक प्रविधिको प्रयोग गरिएको बताएका छन् ।

नयाँ मोवाइलमा ५ इन्चको क्यापासीटिभ टच स्क्रिन रहेकोछ । नयाँ फोनमा १३ मेगापिक्सलको रियर क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा ८ जिबीको मेमोरी राखिएको छ भने मेमोरी कार्डमार्फत ३२ जीबीसम्म पुर्याउन सकिने सुविधा रहेको छ ।

त्यस्तै ४ ४ एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम र १ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ । मोवाइलमा २,००० एमएचको ब्याट्रीसमेत रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ कार्तिक २०७१, बुधबार