Technology Khabar २६ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं २६ कातिक । सेल्फी खिच्न मनपराउने व्यक्तिहरुको लागि भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले नयाँ स्मार्टफोन ल्याएको छ । लाभाले नयाँ आइरीस सेल्फी ५० (Iris Selfie 50) लन्च गरेको हो । यो फोनमा एलइडी फ्ल्याश लाइटको साथमा ५ मेगापिक्सलको अटो फोकस फ्रन्ट क्यामरा राखिएको छ ।
सेल्फी ५० मा ३ जी सपोर्ट रहेको छ भने यो डुअल सिम हेडसेट हो । फोनको डिस्प्ले ५ इन्चको छ भने यो एन्ड्रोयड ४.४ किटक्याटमा आधारित रहेको छ । नयाँ फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जीबीको र्याम राखिएको छ । सेल्फी ५० मा ८ मेगापिक्सलको रियर क्यामरा पनि रहेको छ ।
यो फोनमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने माइको एसडी कार्डद्धारा ३२ जीबीसम्म मेमोरी बढाउन सकिन्छ । लाभाको नयाँ स्मार्टफोन आइरीस सेल्फी ५० मा २४०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
कम्पनीले यो फोन बजेट सेगमेन्टमा लन्च गरेको हो जसको बजार मूल्य ७,९९९ भारतीय रुपैंया तोकिएको छ ।
लाभ Iris Selfie 50 को विवरण:
डिस्प्ले- 5 इंच
सिम-डुअल सिम, 3G नेटवर्क
प्रोसेसर- 1.3 GHz क्वाड कोर
र्याम- 1 GB
क्यामरा-5 MP फ्रंट क्यामरा LED फ्ल्याशका साथ, 8 MP रीयर क्यामरा (LED फ्ल्याश)
मेमोरी- 8 GB इंटरनल
एंड्रोयड- 4.4 किटक्याट
ब्याट्री- 2400 mAh
प्रकाशित: २६ कार्तिक २०७१, बुधबार