एनसेलद्वारा नेपाली तारा ३ मा मोबाइल अडिसन लिईँदै

Technology Khabar २६ कार्तिक २०७१, बुधबार

एनसेलद्वारा नेपाली तारा ३ मा मोबाइल अडिसन लिईँदै
Global IME Bank

काठमाडौं ।

काठमाडौं २६ कातिक । आफ्नो दर्शकहरु र प्रतियोगीहरुलाई निरन्तर रुपमा आश्चर्यचकित बनाउँदै आएको एन.सेल.ले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ ।

कोका–कोला नेपाली तारा ३ को प्रमुख प्रायोजकमध्ये रहेको एन.सेल.ले मोबाइल अडिसनका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ । जसमा प्रतियोगीहरुले सर्वप्रथम प्रतियोगीतामा आफ्नो नाम दर्ता गर्न <Ncell> <नाम> <उमेर> <ठेगाना> टाइप गरि २७२२ मा एस.एम.एस. गर्नुपर्नेछ । त्यसपछि प्रतियोगीहरुले एउटा ५ अङ्कको कोड प्राप्त गर्नेछन् । त्यसपछि प्रतियोगीहरुले आफुलाई गाउन मन लागेको गीतको नम्बर डायल गर्नुपर्नेछ (छाएछ वसन्त का लागि ९८०११५३६१०, जहाँ छन् बुद्धका आँखा का लागि ९८०११५३६११, (मेरो प्यारो मान्छे तिमी का लागि ९८०११५३६१२ र (परेलीमा का लागि ९८०११५३६१३) र धुन बजेपछि आफनो गीत रेकर्ड गर्नुपर्नेछ । मोबाइल अडिसनमा उत्कृष्ट रहेका प्रतियोगीहरुको अडिसन लिइनेछ र यसबाट सर्वोत्कृष्ट रहेका २ प्रतियोगीहरुले प्रतियोगीताको अन्तिम २० प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

सो अवसर एन.सेल. प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ ।

प्रतियोगिताका जजहरु वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालले यस मोबाइल अडिसनका लागि आफु निकै उत्साहित रहेको बताए ।

प्रतियोगिता विजेताले एउटा मोटरसाइकल लगायत रु. २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् ।

कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनको प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्  ।

Sajilo Visa

प्रकाशित: २६ कार्तिक २०७१, बुधबार

तपाइको प्रतिक्रिया