Technology Khabar २४ कार्तिक २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, २४ कात्तिक । क्रोमबुक परम्परागत रुपमा प्रतिद्धन्दि कम्पनी विण्डोमा आधारीत ल्यापटपभन्दा केहि सस्तो हुने गर्दछ । यसको बजार मूल्य लगभग २०० पाउन्ड अर्थात ३१७ डलरको हाराहारीमा बजारमा आउने गर्दछन् ।
तर नयाँ एक रिपोर्ट अनुसार एक उत्पादकले निकै सस्तो मूल्यमा क्रोमबुक बनाउने तयारी गरिरहेको छ । उक्त उत्पादकले ल्याउन लागेको क्रोमबुकको लागत करिब १०७ पाउण्ड अर्थात १७० डलर भन्दापनि कम हुने बताईएको छ ।
बजारमा सस्तोमा क्रोमबुक ल्याउन लागेको कम्पनी भने लेनोभो भएको सप्लाइ चेन क्षेत्रको स्रोतले डिजीटाइम्सलाई जानकारी दिएको टेकराडार डटकमले जनाएको छ । स्रोतका अनुसार लेनोभोको नयाँ क्रोमको अपरेटिङ सिष्टमको लागि चीनियाँ कम्पनी रकचिप इलेक्ट्रोनिक्सले तयार पारेको तथा चीनमा आधारीत बिटल्याण्ड इन्र्फमेशन टेक्नोलोजीले उत्पादन गर्नेछ ।
चीनको फुझाउस्थित रकचिप कम्पनीले लेनोभोको लागी अावश्यक सामाग्रीको आपूर्ति श्रृंखला एकिकृतरुपमा हेर्दछ ।
बेंजिङस्थित कम्पनी लेनोभोले ल्याउन लागेको क्रोमबुक सन् २०१५ को शुरुवातमा बजारमा आउने अनुमान गरिएको छ । जसले गर्दा आगामी वर्षहरुमा नोटबुकको मुल्यमा अझै कटौती हुने अनुमान छ । अहिले बजारमा एसरको सी७२० सबैभन्दा सस्तो क्रोमबुक हो जसको मूल्य २६४ डलर पर्दछ ।
प्रकाशित: २४ कार्तिक २०७१, सोमबार