चिनियाँ स्मार्टफोन निर्मातालाई गरिने स्क्रिनको निर्यात बढ्दो

Technology Khabar २३ कार्तिक २०७१, आईतवार

चिनियाँ स्मार्टफोन निर्मातालाई गरिने स्क्रिनको निर्यात बढ्दो

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । एप्पललाई पनि निर्यात गर्दै आएको जापानी डिस्प्ले निर्माता कम्पनी सार्पले आगामी मार्चसम्मको आर्थिक वर्षमा चिनियाँ स्मार्टफोन निर्मातालाई गरिने स्क्रिनको निर्यात लक्ष्यभन्दा बढी हुने जनाएको छ । नयाँ मोडलमा पनि व्यवसाय विस्तार गरिएकाले निर्यात वृद्धि हुने अपेक्षा कम्पनीले गरेको हो ।

सार्पको स्क्रिन विभागका प्रमुख नोरिकाजु होसीले यो आर्थिक वर्षमा कम्पनीले १५ चिनियाँ स्मार्टफोनलाई स्क्रिन निर्यात गर्ने बताएका छन् । अन्य २५ चिनियाँ मोडललाई पनि स्क्रिन निर्यात गर्ने लक्ष्य कम्पनीले लिएको छ। यसको निर्यात जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिबाट सुरु हुनेकम्पनीले जनाएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता सियाओमीमा भएको हालैको वृद्धिले सार्पको सानार मझौला आकारको एलसीडी डिस्प्लेको निर्यात सेप्टेम्बरको अन्त्यसम्मको ६महिनाको अवधिका झन्डै ५० प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा सार्पले गरेको निर्यात १ खर्ब येन पुगेको छ ।

कम्पनीले आगामी मार्चसम्मको पूरै वर्षको अवधिमा यो व्यवसाय २ खर्ब येन पुग्ने प्रक्षेपण गरेको छ ।

एलसीडी स्क्रिनको मूल्यमा आएको गिरावट चिनियाँ स्मार्टफोन निर्माताहरूकालागि चिन्ताको विषय भएको छ । स्मार्टफोनका लागि एलसीडी स्क्रिन उत्पादनगर्ने विश्वकै ठूलो कम्पनी जापान डिस्प्लेले गएको महिना मात्रै मार्चसम्मको पूरै वार्षिक अवधिमा १० खर्ब येन घाटा हुने प्रक्षेपण गरेको थियो । यो प्रक्षेपणले नाफा हुने भनी गरिएको अघिल्लो प्रक्षेपणलाई उल्टाएको थियो ।

होशीले विगत ६ महिनाको अवधिमा चिनियाँ स्मार्टफोन निर्माताहरूलाई गरिँदैआएको एलसीडीको स्क्रिन मूल्यमा अचानक गिरावट आएको भन्ने भनाइ स्वीकार गरेका छन् । तर, यसले सार्पले आपूर्ति गर्दै आएको हाई रिजोलुसनको स्क्रिनभने प्रभावित नभएको उनले बताए । साभार: कारोबार

Global Bank
easy care

प्रकाशित: २३ कार्तिक २०७१, आईतवार

ताजा समाचार