हुन्डाइका नेक्स्ट जेन आइ टेन १.१ ली. गाडि नेपाली बजारमा

Technology Khabar २३ कार्तिक २०७१, आईतवार

हुन्डाइका नेक्स्ट जेन आइ टेन १.१ ली. गाडि नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २३ कातिक । नेपालका लागि हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आइतवारदेखि नेपाली बजारमा नेक्स्ट जेन आइ टेन १.१ ली. को विक्री शुरु गरेको छ । नौलो डिजाइन र रुप साथै समकालीन विशेषता सहितको नेक्स्ट जेन आइ टेन १.१ ली. उपभोक्तामा लोकप्रिय हुनुको साथै अघिल्लो हुन्डाइको अपार सफलतालाई दोहोर्याउने अपेक्षा कम्पनीले लिएको छ ।

आकर्षक डिजाइन र विश्वस्तरीय शैलीका साथै प्राविधिक रुपमा परिस्कृत र 1.1 iRDE 2 इन्जिन सहितको नयाँ हुन्डाई आइ टेनले 69PS@5500rpm को अधिकतम शक्ति र 10.1kgm@4500rpm को अधिकतम टोर्क प्रदान गर्दछ । BSIVअनुरुप डिजाइन गरिएको इन्जिनले इन्जिन कार्यकुशलता, प्mयूल खपत, धुवाँ उत्सर्जन र प्रदर्शनमा सुधार ल्याएको छ ।

त्यसका साथै यस हुन्डाइ आइ टेनमा सात इन्च टच स्क्रीन अडियो सिस्टम र ब्लु टुथ जस्ता विशेषताहरु प्नि समावेश गरिएको छ । साथै, कम्पनीले नगद छुट र एक वर्षे निःशुल्क बीमाको पनि व्यवस्था गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कम्पनीका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले नयाँ वर्गका उच्च स्तरका उत्पादन ल्याउन हुन्डाइ सधै अग्रसर रहिआएको बताए । उपभोक्तामा नयाँ आइ टेन १.१ ली. ल्याउन पाएकोमा हामी हृदयदेखि नै हर्षित भएको भन्दै उपभोक्ताको परिवर्तनमुख अभिरुचिलाई मध्यनजर गर्दै हुन्डाइले उपभोक्तालाई सन्तुष्टी प्रदान गर्न निरन्तर प्रयास जारी राख्ने स्पष्ट पारे । अघिल्लो बर्ष हुन्डाइ आइ टेनले पाँच वर्षको समय अवधिमा ५००० भन्दा बढी गाडि विक्री गरेको कम्पनीले जनाएको छ ।

स्टाइल, माइलेज, परफरमेन्स, स्पेस, लो मेन्टेनेन्स र रिसेल भ्यालुमा उत्कृष्ट रहेको हुन्डाई आइटेनलाई सवै वर्गका उपभोक्ताले रुचाएका छन् । हुन्डाइ आइटेनले गाडि उपभोक्ता, उत्पादक र विशेषज्ञहरुको माझ प्रतिष्ठित “ICOTY 2008” पुरस्कार जित्न सफल भएको थियो । नेपालभित्र मात्रै ५५०० भन्दा बढी उपभोक्ता भएको हुन्डाइ आइ टेन वर्षौदेखि संसारभर उपभोक्ताहरुले रुचाउँदै आईएको ह्याचब्याक गाडि हो ।

Global Bank
easy care

प्रकाशित: २३ कार्तिक २०७१, आईतवार

ताजा समाचार