Technology Khabar २३ कार्तिक २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, २३ कात्तिक । डिश होमले आफ्नो सेवा विस्तारलाई तिब्रता दिंदैं नेपालगन्जमा छैठौं तथा धनगढीमा सातौं गरी २ नयाँ सेवा केन्द्रहरु थप गरेको छ । उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्ज सेवा केन्द्रको उद्घाटन गरेभने धनगढी सेवा केन्द्रको उद्घाटन कम्पनीका नायब महाप्रवन्धक कल्याण अधिकारीले गरे ।
काठमाण्डौ सहित पोखरा, चितवन, विर्तामोड, विराटनगर, नेपालगन्ज र धनगढी गरी ७ सेवा केन्द्रहरु संचालनमा आएका छन् । डिशहोमले निकट भविष्यमा अन्य प्रमुख शहरहरुमा पनि सेवा केन्द्रको संजाल विस्तार गर्दै लैजाने योजना लिएको छ । ग्राहकहरुलाई छिटो छरितो सुविधा प्रदान गर्ने उदेश्यले सेवा केन्द्रहरु बिस्तार गरिएको हो ।
उक्त सेवा केन्द्रहरुबाट हार्डवेयर र अन्य सर्भिस सम्बन्धी समस्याको समाधान र घरमै पुगेर प्राविधिक सहयोग दिइने तथा रिचार्ज र सिग्नल सम्वन्धी समस्याको समाधानलगातयका सेवा दिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
डिसहोमले विगत ४ बर्षदेखि नेपाल भर ४ लाख ३५ हजार ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: २३ कार्तिक २०७१, आईतवार