बजाजको नयाँ शोरुमपर्सा बजारमा संचालन

Technology Khabar २३ कार्तिक २०७१, आईतवार

बजाजको नयाँ शोरुमपर्सा बजारमा संचालन

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफ्नो क्षेत्र अझै विस्तार गरेको छ । यसै अभियान अन्तर्गत एच. एच. बजाजले पर्सा बजारमा सेल्स्, सर्भिस रस्पेयर्सको पूर्ण सुविधायुक्त नयाँ शोरुम, आशीर्वाद अटोमोबाइल्सको शुरुवातगरेको छ ।

नयाँ शोरुमको उद्घाटनमा बोल्दै बजाजका उप महाप्रबन्धक चिरञ्जीवि शाहले सँधै नेपालभरिका बजाजका ग्राहकहरुका लागि आफ्ना सेवाहरु हर समय प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

यसै उद्घाटनको उपलक्ष्यमा आर्शीवाद अटोमोबाइलले आफ्ना ग्राहकहरुको लागि आकर्षक उपहारको घोषणा पनि गरेको छ ।आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरको सेवा उपलब्ध गराउनतत्पर रहेको एच. एच. बजाजले सेल्स्, सर्भिस र स्पेयर्सको सेवामा अझै सुधारगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Sajilo Visa

प्रकाशित: २३ कार्तिक २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार