माइक्रोसफ्ट ब्राण्डको पहिलो फोन ‘लूमिया ५३५’

Technology Khabar २३ कार्तिक २०७१, आईतवार

माइक्रोसफ्ट ब्राण्डको पहिलो फोन ‘लूमिया ५३५’

काठमाडौं, २३ कात्तिक । माइक्रोसफ्ट लूमिया ५ एक्सएक्स सीरीज विण्डोज फोनमा सबैभन्दा बढि बिक्री हुने मोडल हो । यहि लोकप्रिय सीरीजमा माइक्रोसफ्टले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । कम्पनीले सार्वजनिक गर्न लागेको लूमिया ५३५ (Lumia 535) स्मार्टफोनको तस्वीर तथा फीचर्स लीक भएको छ । यो फोन माइक्रोसफ्टको निकै सफल फोन लूमिया ५३० पछि बजारमा आउन लागेको हो ।gsmarena_001

यो थ्रीजी फोनले ड्यूअल सिम सपोर्ट गर्ने बताईएको छ । यो फोन माइक्रोसफ्टले नोभेम्बर ११ तारिख अर्थात मंगलवार आधिकारीकरुपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
आउन लागेको स्मार्टफोन लूमिया ५३५ को विषयमा ग्राहकहरुले विशेष रुची राखेको देखिएको छ । यो फोनमा ५ इन्चको क्यूएचडी डिस्प्ले (५४०X९६० पिक्सेल) राखिएको छ जसको रियर क्यामरा ५ मेगापिक्सलको छ ।

यसमा ४ जी सपोर्ट गर्नको लागि एलटीई भने नभएको स्पष्ट भएको छ । त्यसैगरी यसको फ्रन्ट क्यामरा भने भीजीए रहेको छ ।Microsoft-Lumia-RM-1090-1415451651-0-0

चीनमा लीक भएको तस्वीरमा फोनको ओरिजिनल हेडसेट भन्दा पनि डमीको तस्वीर भएको अनुमान गरिएको छ । चीनियाँ सामाजिक संजाल साइट टीबाले यसको तस्वीर लीक गरेको हो । माइक्रोसफ्टले नोकियाको अधिग्रहण गरेपछि माइक्रोसफ्ट ब्राण्डमा बजारमा आउने यो पहिलो फोन हुनेछ ।

यो फोनमा १.२ गीगाहर्ज स्न्यापड्रागन २०० प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम र ८ जीबीको आन्तरिक मेमोरी राखिएको छ । यो फोनको ब्याट्री १९०० एमएएच क्षमताको छ भने यो फोन ब्ल्याक, ह्वाइट, ग्रे, ब्लू, ओरेन्ज तथा ग्रीन कलरमा उपलब्ध हुनेछ । एजेन्सीहरुको सहयोगमा ।

माइक्रोसफ्ट Lumia 535 को विवरण:

डिस्प्ले- 5 इंच qHD
प्रोसेसर- 1.2GHz quad-core
र्याम-1GB
मेमोरी-8GB इंटरनल
क्यामरा- 5 MP रीयर, VGA फ्रंट
ब्याट्री- 1,900 mAh
रंग-ग्रीन, ग्रे, ब्लू, ओरेन्ज, व्हाइट, ब्ल्याक

प्रकाशित: २३ कार्तिक २०७१, आईतवार

Comments are closed.

Loading...