जिओमीले बनायो निकै शक्तिशाली पावर ब्यांक

Technology Khabar २१ कार्तिक २०७१, शुक्रबार

जिओमीले बनायो निकै शक्तिशाली पावर ब्यांक

काठमाडौं ।

काठमाडौं, २१ कार्तिक । स्मार्टफोन तथा ग्याजेट्स बनाउने चीनियाँ कम्पनी जिओमीले उच्च क्षमताको नयाँ पावर ब्यांक ल्याएको छ । कम्पनीले १६,००० एमएएच एमअाइ पावर ब्यांक लन्च गरेको छ जुन यसअघि कम्पनीले सार्वजनिक गरेको पावर ब्यांकहरुको तुलनामा ५० गुणा अधिक क्षमता रहेको छ ।

नयाँ पावर ब्यांकलाई एक पटक चार्ज गरेपछि आईफोन ६ लाई करिब ८ पटक चार्ज गर्न सकिने छ । यो पावर ब्यांकको मुख्य विशेषतामा एकै पटकमा दूईवटा डिभाइस चार्ज गर्न सकिन्छ । यो पावर ब्यांकमा यूएसवी २.० को दूईवटा पोर्ट पनि रहेको छ । त्यसैगरी यसमा ३२०० एमएएच क्षमताको ५ वटा ब्याट्री रहेका छन् ।Xiaomi-16000-mAh-Power-Bank3

यो पावर ब्यांक सबैभन्दा पहिले चीनिया बजारमा नोभेम्बर ११ देखि उपलब्ध हुने छ भने अन्य बजारमा कहिले आउने हो भन्ने जानकारी कम्पनीले दिएको छैन् । तर अन्य कम्पनीको भन्दा याे पावर ब्या‌क निकै सस्तो भएको अनुमान गरिएको छ । यो पावर ब्यांकको तौल ३५० ग्राम रहेको छ ।

यस अघि नै बजारमा जिओमीले ५,२०० एमएएच र १०,४०० एमएएचको पावर ब्यांक ल्याइसकेको छ । यसको चीनमा बजार मूल्य १२९ यूअान तोकिएकोछ ।

easy care

प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार