Technology Khabar २१ कार्तिक २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २१ कार्तिक । माइक्रोसफ्टले अब मोबाइल यूजर्सलाई माइक्रोसफ्ट अफिस निशुल्क प्रदान गर्न शुरु गरेको छ । अब तपाईँले आईफोन आईप्याड तथा एन्ड्रोयड फोनमा पनि आफ्नो डकुमेन्ट माइक्रोसफ्ट अफिस निशुल्क प्रयोग गर्न सकिने भएको छ ।
माईक्रोसफ्टले अब माइक्रोसफ्ट अफिस एप्स मोबाइल यूजर्सको लागि निशुल्क गरेको हो । अब प्रयोगकर्ताले पैसा नतिरिकन नै आफ्नो आईप्याड, आईफोन तथा एन्ड्रोयड फोनमा डकुमेन्ट (एडिट तथा क्रिएट) लेख्न तथा सिर्जना गर्न सक्ने भएको छ ।
माइक्रोसफ्ट कम्पनीले आफ्ना प्रयोगकर्ताको संख्या बढाउन ३६५ माइक्रोसफ्ट एप प्रयोगकर्ताहरुलाई उपलब्ध गराएको हो । यो भन्दा पहिले माइक्रोसफ्टको एप प्रयोग गर्न प्रयोगकर्ताहरुले ७० डलर खर्च गर्नुपर्ने हुन्थ्यो । तर अब माइक्रोसफ्ट वर्ड, एक्सल, पावर प्वाइन्ट तथा कयौं त्यस्ता एप्स निशुल्क प्रयोग गर्न पाइने भएको छ ।
माइक्रोसफ्टका मार्केटि९ भाइस प्रेसिटेन्ड जोन केसले विश्वभर मोबाइलका प्रयोगकर्ताहरुको संख्या बढिरहेको हुँदा कम्पनीले आफ्ना प्रयोगकर्ताहरुले मोबाइल फोनमा डकुमेन्टहरु क्रिएट तथा एडिट गर्नुसक्ने बताए ।
कम्पनीका सीईओ सत्या नाडेला कम्पनीका प्रयोगकर्ताहरुको संख्या बढाउन चाहेका छन् । त्यो दिशामा उनको यो नयाँ कदम हो । यस अघि कम्पनीले माइक्रोसफ्ट स्मार्टवाच तथा ब्याण्ड बजारमा ल्याइसकेको छ । एजेन्सी
प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार