वेस्टर्न युनियनद्वारा १८औँ, १९औँ र २०औँ हप्ताको विजेता घोषणा

Technology Khabar २० कार्तिक २०७१, बिहीबार

वेस्टर्न युनियनद्वारा १८औँ, १९औँ र २०औँ हप्ताको विजेता घोषणा

काठमाडौं ।

काठमाडौँ, २० कात्तिक । वेस्टर्न युनियनले आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाका १८औँ, १९औँ र २०औँ हप्ताको विजेताको नाम घोषणा गरेको छ । बिन्दा कुमारी ढुङ्गाना, जीवन कुमार थापा र लक्ष्मी चन्द श्रेष्ठ क्रमशः यस प्रवद्र्धनकोे १८औँ, १९औँ र २०औँ हप्ताको विजेता हुन सफल भएका छन् ।

झुम्का, सुनसरी निवासी बिन्दा कुमारी ढुङ्गाना, बिर्तामोड निवासी जीवन कुमार थापा र बुटवल निवासी लक्ष्मी चन्द श्रेष्ठले वेस्टर्न यूनियनको सब एजेन्टहरुबाट गत हप्ता रेमिटेन्स प्राप्त गरेका थिए भने वेस्टर्न यूनियन मार्फत रकम प्राप्त गर्नुहुने सबै ग्राहकहरुलाई यस लक्की ड्रमा समावेश गरिएको कम्पनिले जानकारी दिएको छ ।

योजना अन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनको MTCN कोडबाट लक्की ड्रगरिन्छ र ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ जसमा अधिकतम रु‍ ५०,००० वा आफुले पाएको रकम बराबरको रकम मध्ये जुन कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गरिन्छ । २० हप्तासम्म चल्ने प्रर्वद्धन योजनाको अवधिभरि हरेक हप्ता अधिकतम रु ५०,००० गरि योजना अवधिभर कुल रु १० लाखको पुरस्कार जित्न सकिने कम्पनिको भनाई छ ।

Global Bank
easy care

प्रकाशित: २० कार्तिक २०७१, बिहीबार

ताजा समाचार