Technology Khabar १९ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १९ कात्तिक । जापानी कम्पनी पानासोनिकले निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । पानासोनिकले टी सिरिजको टी ९ स्मार्टफोन बजारमा ल्याएको हो ।
यो फोनको स्क्रीन ३.५ इन्चको छ भने यो फोनमा १.३ जीएचजेड डुअल कोर प्रोसेसर राखिएको छ । यो फोनको रियर क्यामरा २ मेगापिक्सलको छ जसमा एलईडी फ्ल्याश पनि राखिएको छ । त्यसैगरी यो फोनको फ्रन्ट क्यामरा भिजिए हो । यसले डूअल सिम सपोर्ट गर्दछ ।
यो फोनको र्याम ५१२ एमबी छ भने यसमा इन्टरनल स्टोरेज ४ जीबीको छ । यो फोनमा माइक्रो एसडी स्लटमार्फत ३२ जीबी सम्म स्टोरेज बढाउन सकिन्छ । यो फोनको ब्याट्री क्षमता १३०० एमएएचको रहेको छ ।
यो फोनको बजार मूल्य भारतमा भारु ३,७५०।- राखिएको छ भने नेपालमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।
T9 को मूख्य विशेषताहरुः
* स्क्रीनः 3.5 इंच (320×480 पिक्सल) टच स्क्रीन डिस्प्ले
* प्रोसेसरः 1.3 जीएचजेड डुअल कोर
* सिमः डुअल सिम (जीएसएम+जीएसएम)
* ओएसः एंड्रोयड (किटक्याट)
* क्यामराः 2एमपी रियर, एलईडी फ्ल्याश, 0.3 एमपी फ्रंट
* अडियोः 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* मोटाईः 10.1 मिमी
* अन्य फीचर्सः 2जी, वाई-फाई 802.11, ब्लूटूथ
* र्यामः 512 एमबी र्याम, 4जीबी इंटरनल स्टोरेज
* ब्याट्रीः 1300 एमएएच
* रंगः कालो र सेतो
प्रकाशित: १९ कार्तिक २०७१, बुधबार