Technology Khabar १९ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १९ कात्तिक । सामसुंगको स्मार्टफोन ग्यालेक्सी ग्राण्ड ३ को बारेमा जानकारी लीक भएको छ । ग्यालेक्सी ग्राण्ड ३ को स्पेशिफिकेशन अनलाईन डाटाबेस कम्पनी जीएफएक्स बेन्चमार्कमा लीक भएको हो ।
यो फोन सामसुंग ग्राण्ड २ को अपग्रेडेड भर्सन हो । ग्यालेक्सी ग्राण्ड ३ को मोडल नम्बर सामसुंग एसएम जी ७२०० डाटावेस कम्पनीमा लिस्टेड भएको हो । यो फोनमा ५.५ इन्चको एचडी आईपीएस ५ पोइनट मल्टी टच क्यापासिटिभ डिस्प्ले रहेको छ । सामसुंग ग्यालेक्सी ग्राण्डमा भने ५.२ इन्चको स्क्रीन रहेको थियो । ग्यालेक्सी ग्राण्ड ३ मा १.२ क्वालकम स्न्यानड्रागन ४१० क्वाडकोर, ६४ बिट प्रोसेसर छ । यो स्मार्टफोन एन्ड्रोयडको ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित रहेको छ ।
ग्यालेक्सी ग्राण्ड ३ मा क्वालकम एड्रेनो ३०६ ग्राफिक्स प्रोसेसर पनि राखिएको छ । जसले ग्राण्ड ३ मा प्रयोगकर्तालाई ग्राफिक्सको उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो फोनमा १.४ जीबीको र्याम छ भने १६ जीबीको स्टोरेज क्षमता रहेको छ ।
यो फोनको क्यामरा ग्राण्ड २ को भन्दा निकै राम्रो छ । ग्यालेक्सी ग्राण्ड २ मा ८ मेगापिक्सको रियर क्यामरा थियो भने नयाँ फोनमा १२ मेगापिक्सलको अटोफोकश क्यामरा रहेको छ । यो क्यामरामा टच फोकशको पनि सुविधा दिईएको छ । त्यसैगरी फोनको फ्रन्ट क्यामरा ४.७ मेगापिक्सलको रहेको छ ।
सामसुंगको ग्यालेक्सी ग्राण्ड ३ सिंगल सिम सर्पोट गर्ने स्मार्टफोन हो । यो फोन छिटै नै बजारमा आउने अपेक्षा गरिएको छ ।
प्रकाशित: १९ कार्तिक २०७१, बुधबार