एनसेल मोवाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल

Technology Khabar १९ कार्तिक २०७१, बुधबार

एनसेल मोवाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल

काठमाडौं ।

काठमाडौं, १९ कात्तिक । एनसेल एप क्याम्प २०१४ का लागि छनोट भएका १५० समूहका लागि एप निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मंगलवार एनसेलले मोवाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख वक्ता तथा क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकालले “प्रतिस्पर्धी समूहहरुलाई सिर्जनशील बन्न आग्रह गर्दै एप्लिकेसन निर्माण गर्दा एप्लिकेसन प्रयोगकर्तालाई लामो समयसम्म व्यस्त राख्नका लागि आवश्यक विशेषताहरु समेट्न आवश्यक हुने बताए।” एप्लिकेसन निर्माताले बजारीकरणका लागि सामाजिक सञ्जालबाट फाइदा लिनु महत्वपूर्ण हुने उनले सुझाब दिए।

अन्तर्क्रियामा सहभागी वक्ताहरुले एप्लिकेसन निर्माणसँग सम्बन्धित कानुनीतथा प्राविधिक चुनौती साथै सम्भावनाहरुबारे छलफल गरेका थिए। उनीहरुले सबैखाले व्यवसायीहरुले आफ्नो खर्च घटाउन मोवाइल एप्लिकेसनको प्रयोग गर्नेक्रम बढेको बताए।

“विश्वका अन्य विकासित देशहरुले इन्टरनेटलाई व्यवसायीक रुपमा प्रयोगगरिरहँदा नेपालमा भने त्यो सम्भव भएको थिएन। तर नेपालमा इन्टरनेट तथा मोवाइल प्रयोगकर्ताहरुको संख्या उल्लेखनीय रुपमा बढेकाले हाल यस क्षेत्रमा व्यवसायिक सम्भावनाहरु प्रशस्त देखिन्छन्”, गोल्छा अर्गनाइजेसनका अध्यक्ष सञ्जय गोल्छाले भने, “अब हामीले यो क्रमलाई पछ्याउन सक्नुपर्छ।”

सहभागीहरुलाई हौसला प्रदानगर्दै, फोकस वान नेपालका कार्यकारी निर्देशकआदिश श्रेष्ठले नेपाली व्यवसायीहरुलाई मोवाइल एप्लिकेसनहरुले तथ्यांक संकलनका लागि पनि सहयोग पुर्याउने क्रम बढेको बताए। यस्ता एप्लिकेसनहरुमा लगानी गर्न इच्छुक कम्पनीहरुको संख्या पनि हाल उल्लेखनीय रहेको जनाउँदै उनले भने, ‘मोवाइल एप्लिकेसनकै कारण तथ्यांक संकलनकार्य सहज र द्रूत भइरहेकोछ।’

एनसेलका बिटुसी विभाग प्रमुख भाहदत जेहतावले एप्लिकेसनको विश्वव्यापिकरण मात्रै ठूलो समस्या नभएको बताए। ‘निर्माताले आफ्नो लक्ष्यप्रति केन्द्रित भएर एप्लिकेसन निर्माण गरे आफ्नो उद्देश्य प्राप्तगर्न सक्छन्,’ उनले भए।

कार्यक्रममा सहभागी समूहहरुले प्रतिलिपी अधिकार तथा अन्य चुनौतीबारे जिज्ञासा राखेका थिए। नेपालमा मोवाइल एप्लिकेसनलाई प्रतिलिपि अधिकार ऐन२०५९ अनुसार प्रतिलिपी अधिकारका रुपमा हेर्ने गरिन्छ जसअनुसार मोवाइल एप्लिकेसन बनाउनेले कुनै निकायमा दर्ता गराइराख्नु पर्दैन। तर निर्माताले कानुनीरुपमा आफू सुरक्षित रहनदर्ता गर्नु फलदायी हुन्छ, पायोनियर ल एसोसियट्सकी एड्भोकेट अञ्जू उप्रेती ढकालले भनिन्।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले सरकारले प्रविधि विकासको क्षेत्रमा कानुन बनाउने प्रक्रियामा प्रतिक्रियात्मक भूमिका मात्रै निर्वाह गर्ने गरेको बताए।

एनसलेले आवेदन परेका ४ सय ५७ आवेदकहरुमध्ये १ सय ५० वटा समूहलाई प्रतिस्पर्धाका लागि छनोट गरेको छ। छनोट भएका समूहहरु कृषि, पर्यटन, शिक्षा तथा कर्पोरेट गरी विभिन्न विषयगत क्षेत्रहरुमा सम्बन्धित एप्लिकेसन निर्माण गर्नेछन्।

छनोट समूहहरु मध्ये अब प्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुतगर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाकालागि अवसर दिइनेछ। यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५०हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तराष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्वगर्ने मौका पाउनेछन्।

Sajilo Visa

प्रकाशित: १९ कार्तिक २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार