Technology Khabar १८ कार्तिक २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १८ कातिक । यूएसएडको Knowledge Based Integrated Sustainable Agriculture and Nutrition (KISAN) र के.एल. दुगड ग्रुपको ज्ञान फुड प्रोडक्टबिच नेपालमा दीर्घकालीन खाद्य सुरक्षा दृष्टिकोणको विकास र सशक्तिकरणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले पश्चिम क्षेत्रमा किसानसंग प्रभावकारी बजार व्यवस्थापन गरेर स्तरीय दाल र चामलको उत्पादनको प्रवर्धन गर्ने बताईएको छ ।
के.एल. दुगड समुहले नेपालमा स्थिर र स्तरीय दालको पूर्ती गर्न र यो सम्झौताले (KISAN) समर्थित उत्पादकहरुलाई माग परिपूर्ती गर्न सहयोग गर्नेछ । यो सम्झौताबाट, सम्मिलित सरोकारवालाहरुले दाल र चामलको गुण र उत्पादन बृद्धि गर्न किसानहरुलाई सहयोग गर्न मद्दत गर्नेछन् । यूएसएडले किसानहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै भरपर्दो बीउ, बिजन र मल आपूर्तिकर्तासंग मिलाउन मद्दत गर्नेछ । फलस्वरुप, के.एल. दुगड जस्तो कृषि उद्योगले यि उत्पादकहरुसंग बजार मूल्यमा दाल र अरु बालीहरु खरिद गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिईयो ।
यो सम्झौताले किसान, किसान समुह, सहकारी र के.एल. दुगड जस्तो व्यपारी समन्वयकर्तासंग पारस्परिक दीर्घकालीन फाइदाजनक व्यपारीक सम्बन्ध स्थापना गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।
(KISAN), विनरक इन्टरनेशनलद्वारा कार्यन्वयन गरिएकोयूएसएडको पाँच वर्षिय प्रमुख खाद्य सुरक्षा योजना हो । यसले कृषि क्षेत्रमा आन्तरिक बृद्धिद्वारा गरिबी तथा भोकमरी निवारणको दीर्घकालीन समाधानको प्रवर्धन गर्नुका साथै नेपालका किसान परिवारको आय बृद्धि गर्दछ । के.एल.दुगड समुहले खाद्य तेल, खाद्यान्न देखि जलविद्युत र निर्माण जस्ता विभिन्न व्यापारीक क्षेत्रहरुमा कारोवार गर्दै आएको छ ।
प्रकाशित: १८ कार्तिक २०७१, मंगलवार