सामसुंगले ल्यायो पातलो स्मार्टफोन ग्यालेक्सी ‘ए फाइभ’

Technology Khabar १६ कार्तिक २०७१, आईतवार

सामसुंगले ल्यायो पातलो स्मार्टफोन ग्यालेक्सी ‘ए फाइभ’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १६ कात्तिक । कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले आफ्नो ब्राण्डअन्तरगत अहिलेसम्मकै सबैभन्दा पातलो फोन सार्वजनिक गरेको छ । कम्पनीले आज दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ‘ए ५‘ र ग्यालेक्सी ‘ए ३‘ सार्वजनिक गरेको हो । यी दुबै स्मार्टफोनको बडी पुरै मेटलले निर्माण गरिएको छ भने कम्पनीले उत्पादन गरेका मध्ये अहिलेसम्मकै सबैभन्दा पातलो फोन हो ।

सामसुंगले निर्माण गरेको ग्यालेक्सी ए ५ को मोटाई ६.७ मीलिमिटर मात्रै छ भने ग्यालेक्सी ए ३ को मोटाई ६.९ मीलिमीटर मात्रै छ । यी दुबै फोनको बडी मेटलबाट बनेका तथा निकै स्लीम देखिन्छन् । यो फोनले सोशल मीडिया प्रयोग गर्न निकै सहज हुने बताईएको छ ।SM-A500F_009_Set_Gold

ग्यालेक्सी ए ५

ग्यालेक्सी ए५ को स्पेसिफिकेशन ग्यालेक्सी ए३ भन्दा निकै राम्रो रहेको छ । ए५मा ५ इन्चको सुपर एमोलेड एचडी स्क्रीन रहेको छ । यसमा १३ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा २ जीबीको र्याम छ भने १.२ जीएचजेड को क्वाडकोर प्रोसेसरयुक्त छ ।

यी दुबै फोनहरुमा इन्टरनल मेमोरी १६ जीबी राखिएको छ भने यसको ब्याट्री २३०० एमएएच क्षमताको छ ।

यसमा फोरजी, एलटीई,का साथै वाईफाई, ब्लूटूथ तथा जीपीएस लगायतका फिचरहरु छन् । यी फोनले मोटो एक्स सेकेन्ड जेनेरेशन, एचटीसी डिजायर ८२० लगायतका स्मार्टफोनलाई बजारमा प्रतिस्पर्धा दिने अनुमान छ ।

  • डायमेन्सन  139.3 x 69.7 x 6.7 मीमी
  • तौल 123 ग्राम
  •  डीस्प्ले 5.0 इन्च सुपर अमोलेड क्यापासिटीभ
  • रिजोलूशन  1280 x 720 पिक्सेल 
  • प्रोसेसर  1.2 GHz क्वाडकोर
  • अपरेटिङ सिष्टम  एन्ड्रोयड किटक्याट 4.4.4
  • र्याम  1 जीबी
  • मेमाेरी  16 जीबी अान्तरिक र ६४ जीबीसम्म माइक्रो एसडीद्धारा बढाउन सकिने
  • क्यामरा 13 मेगापिक्सल रियर अटोफोकस सहित लेड फ्ल्याश/ 5 मेगािपक्सलको फ्रन्ट क्यामरा
  • ब्याट्री 2300 एमएएच हटाउन नमिल्ने
  • अन्य फीचर्स  ग्राभिटी सेन्सर, कम्पास, थ्रीजी, फोर जी इत्यादी ।

ग्यालेक्सी ए ३

ग्यालेक्सी ए ३ मा ४.५ इन्चको क्यूएचडी स्क्रीन छ जसको ५४०X९६० पिक्सल रिजोलूशन रहेको छ । यसको स्क्रीन सुपर अमोलेड हो ।

यो फोनमा १.२ जीएचजेड क्वाडकोर प्रोसेसर राखिएको छ । यसमा १ जीबीको र्याम पनि रहेको छ ।Samsung-Galaxy-A3-1-282x300

यो फोनमा निकै राम्रो क्यामरा राखिएको छ । यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ भने ८ मेगापिक्सलको रियर क्यामरा रहेको छ । यो क्यमराको मद्धतले एचडी भिडीयो पनि खिच्न सकिन्छ । १६ जीबीको इन्टरनल मेमोरीका साथ यसमा माइक्रो एसडी कार्ड स्लट पनि छ । यो फोन एन्ड्रोयड किटक्याट ४.४ अपरेटि९ सिस्टममा आधारीत रहेको छ ।

यी फोनहरु पर्ल ह्वाइट, मीड नाइट ब्ल्याक, प्लाटिनम सिल्भर, सफ्ट पिंक, लाइट ब्लू र क्याम्पेन गोल्ड रंगमा उपलब्ध हुनेछन् । कम्पनीले यी दुबै फोन आइतवार सार्वजनिक गरेपनि बजारमा कहिले उपलब्ध हुने र मूल्य कति हुने भन्ने कुनै जानकारी दिएको छैन् ।

Sajilo Visa

प्रकाशित: १६ कार्तिक २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार