Technology Khabar १६ कार्तिक २०७१, आईतवार
काठमाडौं ।
काठमाडौ, १६ कात्तिक । नेपालको लागि बर्ड मोबाइलको आधिकारीक बितरक ग्याजेट्स नेपाल प्रालिले एन्ड्रोइड मोबाइल सिरिजअन्तर्गत दुईवटा किटक्याट मोडलका स्मार्टफोन बजारमा ल्याएकोछ । कम्पनीले ल्याएको W7+ मोडलको स्क्रीन साइज ४ इन्चको छ ।
यो फोन एन्ड्रोयड किटक्याट अपरेटिङ सिष्टममा आधारीत रहेकोछ भने यसमा थ्रीजी नेटवर्क, ४ जीबी आन्तरिक स्टोरेज क्षमता, ५ मेगापिक्सेल क्यामरा राखिएकोछ । यो फोनमा फ्ल्यासपनि राखिएको हुँदा कम उज्यालोमा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीको भनाई छ।
डुअल कोर प्रोसेसरयुक्त फोन हेर्दा निकै स्लिम तथा आकर्शक डिजाइनमा निर्माण भएकोछ । यो मोडल नेपाली युबायुबती माझ लोकप्रिय हुनेछ भन्ने कम्पनीको पूर्ण विश्वाश रहेकोछ ।
थ्रीजी नेटवर्क भएकोले १५ जी.बि. सम्मको डाटा एकैचोटि पठाउन सकिने सुबिधा यो स्मार्टफोनमा रहेकोछ । १३ महिने ग्यारेन्टी प्रदान गरेको बर्ड मोबाइलले नयाँ/नयाँ टेक्नोलोजी भएको मोबाइल फोन नेपाली बजारमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेको छ।
त्यसैगरी अर्को ३.५ इन्चको स्क्रीनमा आएको W7 मोडल पनि एन्ड्रोयड किटक्याट सीरिजमा ल्याएकोछ । ३.२ मेगा पिक्सेल क्यामरा सहितको यो मोडल स्लिम डिजाईनमा ल्याइएको कम्पनीको भनाई छ । यसमा थ्रीजी सपोर्ट भएको कारण भिडिओ च्याट गर्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्ने कम्पनीको विश्वास रहेकोछ।
कम्पनीले दूवै फोनको बजार मूल्य भने उल्लेख गरेको छैन् ।
प्रकाशित: १६ कार्तिक २०७१, आईतवार